News Portal

जम्मु काश्मिरमा ४ जना भारतीय सेनाको मृत्यु

हिमाली संचार संवाददाता
७०५ पटक

भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन् ।

गुरेजमा आठजना आतङ्ककारीले प्रवेश गर्न खोजेका थिए । ती आठ जनामध्ये सेनाको कारबाहीमा चार जनाको मृत्यु भएको थियो भने बाँकी फरार भएका थिए । भारत–पाकिस्तान सीमाको लाइन–अफ–कन्ट्रोलमा यो घटना भएको हो ।

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु काश्मिरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भारततर्फ पाकिस्तानीहरुको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राख्नुभयो । “पाकिस्तानले भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्न चाहन्छ भने यस्तो घुसपैठ तत्काल रोक्नु पर्दछ,” उहाँले भन्नुभयो । एजेन्सी

प्रतिकृया दिनुहोस्

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...