News Portal

  • त्रिभुवन विमानस्थल ३ महिनासम्म ११ घन्टा मात्र चल्ने

    हिमाली संचार संवाददाता
    २७२ पटक

    काठमाडौं, १९ चैत : सोमबार बेलुकादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल दैनिक ११ घन्टामात्रै सञ्चालन हुन थालेको छ। धावनमार्ग मर्मतका क्रममा हाल कामय रहेको कालोपत्रे उप्काएर नयाँ राख्नुपर्ने भएकाले २१ घन्टा सञ्चालन भइरहेको विमानस्थल तीन महिनासम्म १० घन्टा बन्द हुनेछ। सोमबार रातिदेखि नै दैनिक ११ घन्टामात्रै सञ्चालन गर्न थालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

    यो विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर धावनमार्ग जीर्णोद्वार गर्न लागिएको हो। यस क्रममा राति १० बजे पछाडि उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवा र बिहान ६ देखि ८ बजेभित्रका आन्तरिक वायुसेवाको उडान प्रभावित भएका छन्।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार हरेक वायुसेवाले विन्टर र समर गरी वर्षमा हरेक ६/६ महिनाका लागि उडान तालिका स्वीकृत गराउनुपर्छ।

    यस्तो तालिकामा राति सोमबारदेखि उडान हुने वायुसेवाका लागि नयाँ तालिकामा उड्ने गरी तालिका स्वीकृत गरिएको छ। यस्तो तालिकामा राति १० बजेपछि उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा र बिहान ८ बजेभित्र उड्ने आन्तरिक वायुेवाको उडान तालिकामा हेरफेर भएको छ।

    प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार अन्तर्राष्ट्रिय उडानका नौ वटा वायुसेवा कम्पनीका १६ वटा उडान प्रभावित भएको छ। यस्तो उडान प्रभावित हुनेमा राति १० बजेदेखि विमानस्थल बन्द हुनु अगाडि ३ बजेसम्मका उडान प्रभावित भएका छन्।

    रातिको समयको यस्तो उडान प्रभावित हुनेमा एयर अरेबियाको काठमाडौं–सारजाह बेलुका साढे १० बजे, एयर इन्डियाको दिल्ली–काठमाडौं ११ बजे, क्याथे ड्रागनको हङ्कङ–काठमाडौं १०ः५ बजे र ११ः १५ बजेको प्रभावित भएको छ।

    यस्तै, चाइना साउदर्नको ग्वान्झाओ–काठमाडौं ११ः४० बजेको, दुबइ एयरको काठमाडौं–दुबाई साढे १० बजेको, हिमालय एयरलायन्सको काठमाडौं–हमाद १०ः४० र काठमाडौं–दुबई ११ः३५ बजेको प्रभावित भएको छ। मलेसियाबाट आउने मलेसियन एयरको क्वालालम्पुर–काठमाडौं साढे १० बजेको र काठमाडौं क्वालालम्पुर साढे ११ बजेको, मालिन्दो एयरको काठमाडौं–क्वालालम्पुर १०ः४० को उडान प्रभावित भएको छ।

    यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको काठमाडौं–दुबाई र काठमाडौं–मलेसिया साढे ११ बजे तथा काठमाडौं–दिल्ली बिहान ८ बजेको उडान प्रभावित भएको छ। प्राधिकरणका अनुसार यो उडान तालिकामा सम्बन्धित वायुसेवाको अनुकूल हुने गरी अगाडि र पछाडि गरेर मिलाएका छौं। यस्तो उडान अब सबै वायुसेवाको बिहान ८ बजेदेखि राति १० बजेभित्रै हुन्छ।

    आन्तरिक वायुसेवाको पनि बिहान ८ बजेभित्र हुने करिब ६० वटा उडानको समय परिवर्तन भएको छ। यस्तो उडानमा अधिकांश लुक्लाको भएको उल्लेख छ। आन्तरिक वायुसेवाले काठमाडौं लुक्लामा हुने बिहानको उडानका लागि रामेछापबाट लुक्ला लाने गरी आफैंले बन्दोबस्त मिलाएको जानकारी दिएको छ। यसका लागि सम्बन्धित वायुसेवाले नै आफ्नो यात्रुलाई गाडीमा रामेछाप लैजाने र त्यहाँबाट लुक्ला लाने गरी व्यवस्था मिलाएको उल्लेख छ।

    विमानस्थल कार्यालयका अनुसार आन्तरिक वायुसेवाका नियमित उडानमा कम्तीमा १० देखि १५ प्रतिशतले उडान कटौती पनि भएका छन। विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएका कारण रातको समयमा विमानस्थल बन्द गरेरै मर्मत थालिएको हो। रनवे मर्मतको समयमा हुने सबै उडानलाई आफ्नो अनुकूल समयमा गर्न तीन महिना अगाडि नै सूचना दिइएको प्राधिकरणले जानकारी दिएको छ।

    सबैलाई उडान दिन नसकेका कारण विमानस्थल कार्यालयले उडान घटाइदिएको छ। यसको विकल्पको रूपमा आन्तरिक लुक्ला जाने यात्रुका लागि हामीले रामेछाप लैजानुपर्ने भएको छ। सामान्यतया १० बजेपछि लुक्ला उडान हावा चल्ने हुँदा नहुन पनि सक्छ। त्यसैले त्यसभन्दा अगाडि नै हुने गरी यस्तो विकल्प खोज्न बाध्य भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सबै नेताको सम्पत्ति छानबिन गर्ने आयोग बनाइने: प्रचण्ड

    काठमाडौं, असोज १० – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेताको सम्पत्ति छानबिन...

    दुर्गा प्रसाईँले अस्वीकारे प्रधानमन्त्रीको अफर: जेनजी आन्दोलनपछि प्रस्ताव आएको दाबी

    काठमाडौं, असोज १० – मेडिकल व्यवसायी र नागरिक अधिकारकर्मी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्री...

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...