News Portal

त्रिभुवन विमानस्थल ३ महिनासम्म ११ घन्टा मात्र चल्ने

हिमाली संचार संवाददाता
३१९ पटक

काठमाडौं, १९ चैत : सोमबार बेलुकादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल दैनिक ११ घन्टामात्रै सञ्चालन हुन थालेको छ। धावनमार्ग मर्मतका क्रममा हाल कामय रहेको कालोपत्रे उप्काएर नयाँ राख्नुपर्ने भएकाले २१ घन्टा सञ्चालन भइरहेको विमानस्थल तीन महिनासम्म १० घन्टा बन्द हुनेछ। सोमबार रातिदेखि नै दैनिक ११ घन्टामात्रै सञ्चालन गर्न थालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

यो विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर धावनमार्ग जीर्णोद्वार गर्न लागिएको हो। यस क्रममा राति १० बजे पछाडि उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवा र बिहान ६ देखि ८ बजेभित्रका आन्तरिक वायुसेवाको उडान प्रभावित भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार हरेक वायुसेवाले विन्टर र समर गरी वर्षमा हरेक ६/६ महिनाका लागि उडान तालिका स्वीकृत गराउनुपर्छ।

यस्तो तालिकामा राति सोमबारदेखि उडान हुने वायुसेवाका लागि नयाँ तालिकामा उड्ने गरी तालिका स्वीकृत गरिएको छ। यस्तो तालिकामा राति १० बजेपछि उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा र बिहान ८ बजेभित्र उड्ने आन्तरिक वायुेवाको उडान तालिकामा हेरफेर भएको छ।

प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार अन्तर्राष्ट्रिय उडानका नौ वटा वायुसेवा कम्पनीका १६ वटा उडान प्रभावित भएको छ। यस्तो उडान प्रभावित हुनेमा राति १० बजेदेखि विमानस्थल बन्द हुनु अगाडि ३ बजेसम्मका उडान प्रभावित भएका छन्।

रातिको समयको यस्तो उडान प्रभावित हुनेमा एयर अरेबियाको काठमाडौं–सारजाह बेलुका साढे १० बजे, एयर इन्डियाको दिल्ली–काठमाडौं ११ बजे, क्याथे ड्रागनको हङ्कङ–काठमाडौं १०ः५ बजे र ११ः १५ बजेको प्रभावित भएको छ।

यस्तै, चाइना साउदर्नको ग्वान्झाओ–काठमाडौं ११ः४० बजेको, दुबइ एयरको काठमाडौं–दुबाई साढे १० बजेको, हिमालय एयरलायन्सको काठमाडौं–हमाद १०ः४० र काठमाडौं–दुबई ११ः३५ बजेको प्रभावित भएको छ। मलेसियाबाट आउने मलेसियन एयरको क्वालालम्पुर–काठमाडौं साढे १० बजेको र काठमाडौं क्वालालम्पुर साढे ११ बजेको, मालिन्दो एयरको काठमाडौं–क्वालालम्पुर १०ः४० को उडान प्रभावित भएको छ।

यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको काठमाडौं–दुबाई र काठमाडौं–मलेसिया साढे ११ बजे तथा काठमाडौं–दिल्ली बिहान ८ बजेको उडान प्रभावित भएको छ। प्राधिकरणका अनुसार यो उडान तालिकामा सम्बन्धित वायुसेवाको अनुकूल हुने गरी अगाडि र पछाडि गरेर मिलाएका छौं। यस्तो उडान अब सबै वायुसेवाको बिहान ८ बजेदेखि राति १० बजेभित्रै हुन्छ।

आन्तरिक वायुसेवाको पनि बिहान ८ बजेभित्र हुने करिब ६० वटा उडानको समय परिवर्तन भएको छ। यस्तो उडानमा अधिकांश लुक्लाको भएको उल्लेख छ। आन्तरिक वायुसेवाले काठमाडौं लुक्लामा हुने बिहानको उडानका लागि रामेछापबाट लुक्ला लाने गरी आफैंले बन्दोबस्त मिलाएको जानकारी दिएको छ। यसका लागि सम्बन्धित वायुसेवाले नै आफ्नो यात्रुलाई गाडीमा रामेछाप लैजाने र त्यहाँबाट लुक्ला लाने गरी व्यवस्था मिलाएको उल्लेख छ।

विमानस्थल कार्यालयका अनुसार आन्तरिक वायुसेवाका नियमित उडानमा कम्तीमा १० देखि १५ प्रतिशतले उडान कटौती पनि भएका छन। विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएका कारण रातको समयमा विमानस्थल बन्द गरेरै मर्मत थालिएको हो। रनवे मर्मतको समयमा हुने सबै उडानलाई आफ्नो अनुकूल समयमा गर्न तीन महिना अगाडि नै सूचना दिइएको प्राधिकरणले जानकारी दिएको छ।

सबैलाई उडान दिन नसकेका कारण विमानस्थल कार्यालयले उडान घटाइदिएको छ। यसको विकल्पको रूपमा आन्तरिक लुक्ला जाने यात्रुका लागि हामीले रामेछाप लैजानुपर्ने भएको छ। सामान्यतया १० बजेपछि लुक्ला उडान हावा चल्ने हुँदा नहुन पनि सक्छ। त्यसैले त्यसभन्दा अगाडि नै हुने गरी यस्तो विकल्प खोज्न बाध्य भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...