News Portal

९ वर्षपछि अभियुक्त पक्राउ !

हिमाली संचार संवाददाता
३०७ पटक

काठमाडौं, १८ चैत : ज्यान मार्ने उद्योग मुद्धामा फरार भएका अभियुक्तलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ९ वर्षपछि पक्राउ गरेको छ । सीआईबीले काठमाडौं महानगरपालिका-३५ बालकुमारीका रविन पुलामी मगरलाई शनिबार सुनसरीबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग मुद्धामा रविनलाई काठमाडौं जिल्ला अदालतले ०६६ चैत १६ गते ५ वर्ष कैद सजाय हुने फैसलाला गरेको थियो ।

उनले ०६३ मंसिर २३ गते राति साढे ९ बजे काठमाडौं महानगरपालिका-३५ को पाल्पाकोटस्थित सडकमा मछिन्द्र पराजुलीको घाँटी र टाउकोमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पक्राउ गरी जिल्ला अदालतमा सुनसरीमा हाजिर गराइएका रविनलाई फैसला कार्यान्वयनका लागि अदालतले सुनसरीको झुम्का कारागार चलान गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...