
जामुनेबजार : सुर्खेतको सिम्ता गाउँपालिकामा शनिबार शैक्षिक गुणस्तर वृद्धिका लागि हाम्रो भुमिका विषयक अन्र्तक्रियामुखि कार्यक्रमको आयोजना गरिएको छ । शैक्षिक सत्र समापनसँगै आउँदै गरेको नयाँ शैक्षिक सत्रलाई मध्यनजर गर्दे सो कार्यक्रमको आयोजना शिक्षक महासंघ सिम्ता सुर्खेत र गाउँ शिक्षा शाखाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो ।
सिम्ता गाउँपालिकाका जनप्रतिनीधी, प्रधानाध्यापक, शिक्षा सरोकारवाला निकाय, अभिभावक, राजनैतिक दलका अगुवाको माझमा व्यापक छलफल गरिएको थियो ।
शिक्षक महासंघ सिम्ता सुर्खेतका अध्यक्ष टोपवहादुर खत्री, गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी., उपाध्यक्ष चन्द्रकला शाही, शिक्षा शाखा प्रमुख ज्योती गैरै, नेपाली काँग्रेस सुर्खेतका उपसभापति टेकवहादुर सिहं, नेकपाका पाटी प्रतिनिधि ऐनवहादुर चन्द, डण्डीप्रसाद शर्मा लगायतका व्यक्तिहरुको सिम्ताको शैक्षिक गुणस्तरमा सुधार गर्न महत्वपुर्ण सुझाव राख्नु भएको थियो ।
नयाँ शैक्षिक सत्रको सुरुवाती दिन देखि शिक्षण संस्थाको शैक्षिक आर्थिक, भौतिक र अनुगमनको जिम्मेवारि सवैले ग्रहण गर्ने गरि काम अघि वढाउन प्रतिवद्धता जाहेर गरिएको छ ।
गाउँपालिकाको तर्फबाट शिक्षा क्षेत्रको समग्र विकास सुधारको लागि पहलकदमी गर्ने र अगुवाई गाउँपालिकाकाले गरिरहेको जनाइएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि अनुगमनको पाटोलाई गाउँपालिकाले तिव्र पार्ने जनाएको छ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
