News Portal

सहिद नेत्रलाल प्राविधिक शिक्षालयले राेजगारमुलक ४५ दिने तालिम दिदै

हिमाली संचार संवाददाता
६४४ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत्र, १५ शुक्रबार : सल्यानकाे पश्चिम क्षेत्रमा सहिद नेत्रलाल प्राविधिक शिक्षालयले ४५ दिने बाख्रापालन तालिम सञ्चालन गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाकाे समन्वय र प्राबिधिक शिक्षालय सल्यानकाे अायाेजनामा तालिमको सञ्चालन गरिएको हाे ।

सल्यान पश्चिम क्षेत्रका २० जना महिला पुरुषलाई बाख्रापालन तालिम सुरु गरिएको छ । चैत्र १२ गते देखि सुरु भएको बाख्रापालन तालिम जेष्ठ २० गते सकिने जनाएकाे छ । बाख्रापालन समबन्धि तालिममा बाख्राको जात, अाधुनिक खाेर, यसबाट हुने फाइदा, राेगनिराेधक विधिका विषयमा दुई दिन सम्म छलफल चलाएको छ ।

४५ दिने उक्त तालिमको प्रशिक्षक नरेन्द्र कुमार वलि र सुमित्रा घर्ती रहनु भएको छ । यस तालिमबाट नगरका स्थानीय नागरिकको राेजगार र जिविकाे पार्जन तथा अाय आर्जनमा टेवा पुर्‍याउने उदेश्यले तालिम सञ्चालन गरिएको जनाएको छ । साथै नेत्रलाल प्राविधिक शिक्षालयले नै यस क्षेत्रमा थुप्रै सिपयुक्त तालिम सञ्चालन गर्ने वताएकाे छ ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...