News Portal

परीक्षामा दिनु अगाडि नै सामाजिक विषयको प्रश्नपत्र फेसबुकमा कसरी ?

हिमाली संचार संवाददाता
४१४ पटक

वीरगञ्ज – आज हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ ।

सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि आज शुक्रबार हुने भनिएको सामाजिक विषयको परीक्षा रद्द गरिएको विरोधमा विद्यार्थीले जिल्ला प्रशासन कार्यालय पर्सामा विरोध जुलुस प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । विद्यार्थीको सो जुलुसले घण्टाघरमा पुगी टायर बालेर विरोध जनाएको छ ।

विद्यार्थीले घण्टाघरमा रहेको प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ लेखेको नारासहितको साइनबोर्ड तोडफोड गरेका छन् । त्यसैगरी विद्यार्थीले रु आठ लाखको लागतमा निर्माण भएको सोलारसहितको ट्राफिक बिट र ट्राफिक व्यवस्थापनका लागि घण्टाघरमा राखिएको ट्राफिक सङ्केत भएको बोर्ड तोडफोड गरेका छन् र वीरगञ्ज बजार बन्द गराउँदै हिडेका छन् ।

कार्यालयका उप नियन्त्रक चेतनाथ शर्माले प्रश्नपत्र आउट भएको पुष्टिपछि प्रदेश नं २ को शुक्रबारको परीक्षा रद्द गरिएको जानकारी दिए । उनले रासससँग भने, “सामाजिक सञ्जालमा रातिदेखि नै प्रश्नपत्र आउट भएको पोष्ट भाइरल भएका कारण आजको सामाजिक विषयको परीक्षा रद्द गरेका छौँ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज हुने भनिएको सामाजिक विषयको प्रश्नपत्र फेसबुकमा आउट भएपछि प्रदेश नं २ को ८ जिल्लामा सो विषयको परीक्षा रद्द गरिएको पुष्टि गरेका छन् ।

घण्टाघरचोकमा विद्यार्थीले प्रदर्शन र सडक अवरुद्ध पारेपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । प्रदेश नं २ मा सामाजिक विषयको परीक्षा रद्द भएपछि प्रदेश नं २ का ८ जिल्लाका ७२ हजार ४९ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बिहीबार पनि सप्तरीमा विज्ञान विषयको प्रश्नपत्र आउट भएपछि प्रदेश नं २ मा सो विषयको परीक्षा रद्द गरिएको थियो ।

यसैबीच राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ ।

बोर्डले अनिवार्य समाजिक विषयको नियमिततर्फको परीक्षाको प्रश्नपत्र हिजो बिहीबार नै बाहिरिएपछि आजको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश न। २ मा सञ्चालित समाजिक विषयको परीक्षा स्थागित गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय र ग्रेड वृद्धिको विषयको परीक्षा भने यथावत सञ्चालन हुने उनले बताए ।

परीक्षा शुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...