News Portal

  • यस बर्षकाे ६२ औं सहकारी दिवस माेरङकाे रंगेलीमा हुने

    हिमाली संचार संवाददाता
    ४२१ पटक
    रबिन्द्र बराल, मोरङ

    चैत्र १३, बुधबार : माेरङकाे रंगेली नगरपालिका ६२ अाै सहकारी दिवस हुने भए पछि दाेस्राे बैठक रंगेली मा भएको छ। “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारीका लागि कसरी अगाडि बढने भन्ने बिषयमा छलफल भएको छ ।

    बिराटनगरमा वसेकाे जिल्ला बैठकले साे कुराकाे निर्णय गरेको थियोे। बुधबार भएको छलफलमा समिति तथा उपसमिति हरुले चैत्र २० गते हुने कार्यक्रमकाे बारेमा कामकाे प्रगति बिवरण समेत प्रस्तुत गरेका थिए । साेहि कार्यक्रममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले संयोजकहरुले गर्नुपर्ने थप कामका बारेमा समेत जानकारी गराएका थिए ।

    कार्यक्रममा जिल्ला सहकारी संघ माेरङका अध्यक्ष डिल्ली पाेख्रेल, राष्टिय सहकारी महासंध संचालक रमेश पाेख्रेल, जिल्ला बहुउदेश्य संघ माेरङका अध्यक्ष माधव अधिकारी, सहकारी केन्द्रीय कृषि संध उपाध्यक्ष मदन कुमार दहाल, जिल्लाका विभिन्न विषयगत संघहरुका अध्यक्ष तथा प्रतिनिधिहरुकाे समेत सहभागीता रहेको थियोे ।

    त्यसैगरी सहकारी दिवसका लागि रंगेलीमा एक हप्तेे विभिन्न कार्यक्रमकाे समेत अायाेजना गरिने कुराकाे जानकारी समेत गराएका थिए। सहकारी दिवस सम्पन्न गर्ने विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

    जस मध्ये प्रचारप्रसार संयाेजक माधब अधिकारी, सह संयोजक एभिन्युज टेलिभिजनका रंगेली रिपोर्टर रबिन्द्र बराल, हल तथा मञ्च व्यवस्थापन उपसमितिकाे संयाेजकमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, स्वयंसेवक ब्यवस्थापनमा सराेज साह, स्वास्थ्य सेेेेवामा सन्तोष कुमार मंन्डल, झाँकि तथा र्‍यालीमा भाेला प्रसाद राजवंशी र विजय प्रसाद शाह छन।

    त्यसैगरी स्वागत सत्यकारमा विरेन्द्र यादव र लक्ष्मीप्रसाद मेहता, अार्थिक समितिमा राकेश दाहाल, र हेरम्वराज भट्टराई र महिला परिचालनमा जानुका थापा सह संयाेजक पुनम सापकोटा, खानेपानी व्यवस्थापनमा महर्सिमेहि सहकारी संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहले जिम्मेवारी पाएका छन। साे कार्यक्रममा माेरङ जिल्लामा रहेको १ हजार १ सय सहकारीहरुकाे उपस्थित रहने भएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सभामुखको पहलमा संसद् गतिरोध अन्त्यको प्रयास, भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपासँग विशेष छलफल

    काठमाडौं, साउन ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि संसद् अवरुद्ध भइरहेका बेला सभामुख...

    विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे एमालेमा बहस, महत्त्वपूर्ण निर्णयको तयारी

    काठमाडौं, साउन ६ – नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकको दोस्रो दिन राजधानी काठमाडौंमा आज...

    भण्डारीको चेतावनी : “म पछि हट्दिनँ, कार्यकर्तालाई आतङ्कित पार्ने प्रवृत्ति बन्द गरियोस्”

    काठमाडौं, साउन ६ – पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) नेतृ विद्या भण्डारीले सक्रिय राजनीतिमा पुनः पूर्ण...

    क्रिप्टो कारोबारमा संलग्न तीन जना पक्राऊ, ४ लाखभन्दा बढी नगद र सयौं सीमकार्ड बरामद

    काठमाडौं, साउन ६ – राजधानी काठमाडौंमा अवैध रुपमा क्रिप्टो मुद्रा कारोबारमा संलग्न तीन जना युवा...

    श्वासप्रश्वासमा समस्या देखिएका नवजात शिशुको काठमाडौंमा उपचारका क्रममा निधन

    खोटाङ, साउन ६ – जिल्ला अस्पताल खोटाङमा सोमबार शल्यक्रियामार्फत जन्मिएका एक नवजात शिशुको काठमाडौंको कान्ति...