News Portal

शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

हिमाली संचार संवाददाता
३८८ पटक
दुर्गा बिसि, सल्लिबजार

जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि नसकिनु थियो ।

शिवीरको पहिलो दिनमै ८२ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको छ भने ५ जनको माईनर अप्रेसन भएको रेडक्रस शाखा सभापती सल्लीका पुष्कर वि.सीले जानकारी दिए।

नेपाल सरकारको आर्थिक सहयोग,नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधीक सहयोग र रेडक्रस उपशाखा सल्लीको स्थानीय व्यवस्थापनमा शिवीरको आयोजना गरिएको छ । निशुल्क आँखा शिवीरबाट सल्यान पश्चिम क्षेत्रका आँखाको ज्योती गुमेका व्यवृद्धाहरुले अप्रेशन पश्चात संसार देख्न पाएकोमा खुसी जनाएका थिए ।

निशुल्क आँखाको शिवीर ल्याउन पहल गर्ने रेडक्रस जिल्ला शाखा सल्यानका सदस्य गणेस वि.सीलाई अधिकांस आँखाका विरामीले धन्यावाद समेत दिएका थिए । जनप्रतिनीधिले गर्नु पर्ने काम वि.सी.को पहलमा भएकोमा बनगाड कुपिण्डेका नागरिले प्रसंसा समेत गरेका छन् । गत वर्ष समेत वि.सीकै पहलमा आँखा शिवीर सञ्चालन गरिएको थियो ।

बनगाड कुपिण्डे वडा नम्बर १० कि ८९ वर्षिया डोटि वि.कका दुवै आँखा मोतिया विन्दु भएका थिए । औषधी उपचार गर्ने पैसा नहुदाँ आँखाकै कारण कष्टकर जिवन गुर्जानु परेको थियो । तर यो शिवीरबाट उहाँको दुवै आखाँ खुल्ने भए पछि पुन संसार देख्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

धेरै मानिस आर्थिक समस्याले आँखा उपचार गर्नबाट वञ्चित वनेका थिए । तर यो शिवीरबाट धरैलाई राहत मिलेको छ । आँखा शिवीरमा ६० वर्ष उमेर नाघेकाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...