News Portal

शिवीरको पहिलो दिनमै ३ सय २८ जनाको आँखा चेकजाँच

हिमाली संचार संवाददाता
३६७ पटक
दुर्गा बिसि, सल्लिबजार

जिल्लाको पश्चिम क्षेत्रमा पर्नेमा बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन भएको २ दिने आँखा शिवीरको पहिलो दिनमा ३ सय २८ जनाको आँखा चेकजाँच गरिएको छ । शिवीरमा नगरका दुर्गम मानिएका वडाहरुबाट समेत आँखा चेकजाँच गराउनेको भिड थामि नसकिनु थियो ।

शिवीरको पहिलो दिनमै ८२ जना मोतिया विन्दु भएकाको अप्रेसन गरिएको छ भने ५ जनको माईनर अप्रेसन भएको रेडक्रस शाखा सभापती सल्लीका पुष्कर वि.सीले जानकारी दिए।

नेपाल सरकारको आर्थिक सहयोग,नेपाल नेत्रज्योती संघ राप्ती आँखा अस्पताल रक्षाचौर दाङको प्राविधीक सहयोग र रेडक्रस उपशाखा सल्लीको स्थानीय व्यवस्थापनमा शिवीरको आयोजना गरिएको छ । निशुल्क आँखा शिवीरबाट सल्यान पश्चिम क्षेत्रका आँखाको ज्योती गुमेका व्यवृद्धाहरुले अप्रेशन पश्चात संसार देख्न पाएकोमा खुसी जनाएका थिए ।

निशुल्क आँखाको शिवीर ल्याउन पहल गर्ने रेडक्रस जिल्ला शाखा सल्यानका सदस्य गणेस वि.सीलाई अधिकांस आँखाका विरामीले धन्यावाद समेत दिएका थिए । जनप्रतिनीधिले गर्नु पर्ने काम वि.सी.को पहलमा भएकोमा बनगाड कुपिण्डेका नागरिले प्रसंसा समेत गरेका छन् । गत वर्ष समेत वि.सीकै पहलमा आँखा शिवीर सञ्चालन गरिएको थियो ।

बनगाड कुपिण्डे वडा नम्बर १० कि ८९ वर्षिया डोटि वि.कका दुवै आँखा मोतिया विन्दु भएका थिए । औषधी उपचार गर्ने पैसा नहुदाँ आँखाकै कारण कष्टकर जिवन गुर्जानु परेको थियो । तर यो शिवीरबाट उहाँको दुवै आखाँ खुल्ने भए पछि पुन संसार देख्न पाएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

धेरै मानिस आर्थिक समस्याले आँखा उपचार गर्नबाट वञ्चित वनेका थिए । तर यो शिवीरबाट धरैलाई राहत मिलेको छ । आँखा शिवीरमा ६० वर्ष उमेर नाघेकाको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...