News Portal

भ्रष्टाचार मुद्दामा सफाइ पाएको छु : रत्न गाहा मगर

हिमाली संचार संवाददाता
३८३ पटक

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रशासनिक सल्लाहकार रत्न गाहा मगरले आफूलाई लगाइएको भ्रष्टाचारको आरोप गलत भएको प्रष्ट्याएका छन् ।

यही चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गाहालाई प्रशासनिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नियुक्तिलगत्तै ‘भ्रष्टाचारका आरोपी मुख्यमन्त्रीको सल्लाहकार’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

सो समाचारको खण्डन गर्दै गाहाले भ्रष्टाचार मुद्दामा अदालतबाट आफूले सफाइ पाइसकेको बताएका छन। गाहा समाज कल्याण परिषदको पूर्वकोषाध्यक्ष हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडा प्रकरणमा उनी पनि मुछिएका थिए ।

तर, आफूले परिषद छोडेको ९ महिना ३ दिनपछि भएको निर्णयमा राजनीतिक पूर्वाग्रह राखी मुद्दा हालिएको उनको भनाइ छ । उक्त मुद्दामा विशेष अदातलले आफूलाई सफाइ दिएको र विनाधरौटी साधारण तारेखमा रिहा भएको गाहाले बताएका छन् ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/03/11774

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...