News Portal

रकम असुलीमा सक्रिय असई ‘पशुपति नाथ’

हिमाली संचार संवाददाता
४७४ पटक

नेपालगन्ज, ११ चैत : सवारी साधन चेकजाँचको निहुँमा मात्रै नभई बाँकेको गनापुर ट्राफिक प्रहरीले आसपासका इट्टा उद्योगबाट समेत रकम असुल्दै आएको खुलेको छ । राजमार्गका विभिन्न स्थानमा बसेर चेकिंङ्का नाममा ट्राफिक प्रहरीले रकम असुल गरेपनि पछिल्लो समय यहाँका इट्टा उद्योगबाट मासिक रूपमै रकम लिदैं आएको खुलेको हो ।

नेपालगन्ज कोहलपुर राजमार्गका दर्जनौ स्थानमा ट्राफिक प्रहरी सवारी साधन कुरेर बस्ने गरेका छन् । कुन बेला कस्तो मुर्गा भेटिन्छ भनेर बस्ने गरेका हुन्छन् । यो काममा सबैभन्दा बढी गनापुर ट्राफिक प्रहरी सक्रिय भईरहेको पीडितहरू बताउँछन् ।

स्रोतकाअनुसार गनापुर ट्राफिक प्रहरीले यहाँका प्रति इट्टा उद्योगबाट मासिक १० हजारसम्म सहयोग रकम असुल्दै आएको छ । उक्त रकम सिधै इञ्चार्जको पोल्टामा जाने गरेको स्रोत बताउँछन् ।

‘पशुपति नाथ’ नाम गरेका असईको नेतृत्वमा गनापुरमा ट्राफिक रहेदेखि यस क्षेत्र आसपासका इट्टा उद्योगबाट रकम असुली पनि बढेको उद्योगीहरू नै बताउँछन् । उनले उद्योगीलार्य मात्र नभई कागजजात बोकेरै नियमसंगत सडकमा गुडरहेका यात्रुलाई समेत रोकेर नानाथरी कागतजात माग्दै दुःख दिने गरेको सवारी चालक डेनिम वोगटी बताउँछन् ।

आफूसँग कागतजात हुँदा हुँदै पनि हर्न किन बजाएको भनि ती नै असईले पाँचसय मागेको उनले गुनासो गरेका छन् । स्मरणहोस्, राँझाभन्दा उत्तातिरको सडकमा हर्न निषेधित गरिएको छैन् । यस सडकमा हर्न बजाउँदा जरिवाना तिर्नु पर्दैन् ।

गनापुर ट्राफिक प्रहरीले सवाधरी धनीहरुलाई अनावश्यक दुःख दिनुका साथै विभिन्न बाहना बनाएर पैसा उठाउने गरेको स्थानीय राझाँ छेउछाउबासी बताउँछन् । दुर्घटना न्यूनिकरण गर्नकालागि जनचेताना फैलाउनु भन्दा पनि सानातिना कम्जोरी खोज्दै जरिबानाको बहाना बनाएर रकम उठाउने गरेका छन् एक स्थानीयले भने ‘गनापुर क्षेत्रका इन्चार्ज पशुपति नाथको नेतृत्वको टोलीले पैसा उठाउने काम तीब्र पारेको छ ।

साना कुरालाई पनि ठूलो बनाएर जरिबाना काट्ने काम भएको स्थानीय बासिन्दाहरु बताउँछन् । यस क्षेत्रमा गुड्ने सानादेखि ठूला सबै प्रकारका सवारी साधनहरुबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको एक स्थानीयले बताए ।

उनले भने पहिलादेखिनै यस क्षेत्रमा ट्राफिक प्रहरीले विभिन्न बाहानामा सवारी चालकहरुबाट पैसा असुल्दै आएको उनको दाबी छ । कहिले काँहि लाईसेन्स ब्लुबुक बोक्न विर्सेकाहरुलाई पनि सोही बहाना बनाई पैसा लिने गरेकाछन् ।

यस क्षेत्रमा चल्ने विना नम्बर प्लेटका तथा लाईसेन्स नभएका विद्युतीय र अटोरिक्सा, टेक्टर, बस, ट्रक, टिप्पर, जेसीवी चोरीका मोटरसाईकल लगाएतका साधनहरुबाट मासिक ५० हजार बढी रकम बुझ्ने गरेको स्रोतको दावी छ । तर, इन्चार्ज नाथले भने आफूले रकम नउठाएको बताएका छन् ।

ट्राफिक प्रहरीले यो वा त्यो वहानामा रकम असुली गरेको प्रमाण दिएमा कारवाही गरिने बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए । विना प्रमाण त कसरी कारवाही गर्नु उनले भने ‘प्रमाण दिनुहोस् म कारवाही गर्छु ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...