News Portal

कुवेत र नेपालबीचको आज बेलुकी दोस्रो खेल

हिमाली संचार संवाददाता
५४६ पटक

कुवेत, २५ मार्च : नेपालले कुवेतसँग आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा खेल्दैछ । घरेलु टोली कुवेतसँग नेपालले कुवेतको समयअनुसार बेलुकी ६ बजेर ३० मिनेटमा प्रतिस्पर्धा गर्न लागेको हो। पहिलो मैत्रीपूर्ण खेलमा बराबरी खेलेको नेपाल दोस्रो खेलमा पनि कुवेतलाई रोक्ने रणनीतिमा छ ।

प्रशिक्षक योहान कालिनले कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताएका छन् । मुख्य प्रशिक्षक योहान कालिनले भने, ‘कुवेत हामीविरुद्ध आक्रामक खेल्ने छ । हाम्रो लक्ष्य उसलाई रोक्नु नै हो । पहिलो खेलले आत्माविश्वास बढेको भन्दै दोस्रो खेलमा पनि सकारात्मक नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको प्रशिक्षक कालिनले भने ।

यता, कप्तान विराट महर्जन पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्य रहेको बताउँछन् । कप्तान विराजले भने, ‘हामी कुवेतलाई रोक्न शतप्रतिशत प्रयास गर्ने छौं । सबै खेलाडीहरुले आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने छन् । गत बिहीबार राति भएको खेलमा खेलअवधिभर दबाबमा रहेपनि कुवेतविरुद्ध नेपालले बराबरी खेल्न सफल भएको थियो । आज बिहानैदेखि कुवेतमा वर्षा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...