News Portal

  • कतार र नेपालबिचको फुटबल आजै राती हुदै, हेमन्तको स्थानमा नितिन खेल्ने

    हिमाली संचार संवाददाता
    ४८३ पटक

    कुशल तिमल्सिना
    दोहा, कतार : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट गरेका छन् ।

    नेपाल र कतारबीचको खेल दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैदानमा हुनेछ। एसियन च्याम्पियन घरेलु टोलीबिरुद्धको खेलका लागि प्रशिक्षक महर्जनले ४-१-४-१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछन्।

    ओमानसँगको खेलमा सुरुआती ११ मा परेका हेमन्तको स्थानमा नितिन थापाले अवसर पाएका छन्। अरु सबै समान खेलाडी छनोट गरिएको छ। गोलरक्षक अर्पण कार्की, डिफेण्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ हुनेछन्।

    तेज तामाङले डिफेन्सिभ मिडफिल्डको भूमिकामा हुनेछन्। मिडफिल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल हुनेछन्। अग्रपंक्तिको जिम्मेबारी कप्तान बिमल घर्तीमगरको हुनेछ। शुक्रबार ओमानबिरुद्धको खेलमा सुरुआती मिनेटमै खराव ट्याकलको मारमा परेका भरपर्दा मिडफिल्डर हेमन्त थापा मगरले बाँकी खेल गुमाउने भएका छन्।

    ‘गोलीगााठाको चोट उसको पुरानै समस्या हो र त्यही दोहोरियो, गहिरो नभएपछि पर्याप्त आरामको आवश्यकता छ त्यसैले उसले बाँकी खेल खेल्ने सम्भावना कम छ,’ नेपाली टोलीका चिकित्सक राजु डंगोलले भने।

    छनोट प्रतियोगिता समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ओमानसँग १-० को पराजय ब्यहोरेको थियो। चार टोली रहेको समूहबाट अर्को चरणमा स्थान बनाउनका लागि नेपाललाई यो खेल गर या मरको अवस्थामा छ। फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्धको खेल अवश्य पनि कठिन हुनेछ।

    ‘भर्खरै एसियन च्याम्पियन भएको कतारबिरुद्धको खेल हाम्रो लागि पक्कै पनि सजिलो छैन, हामीले रक्षात्मक रणनीति लिनेछौं, काउन्टर एट्याक र सेट पिसेस गोलमा ध्यान दिनेछौं,’ प्रशिक्षक महर्जनले भने, ‘वान टू वान मार्क गरेर खेलियो भने कतारबिरुद्ध उसकै मैदानमा राम्रो नतिजा ल्याउन सक्ने विश्वास छ।

    कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्वी पनि हो। नेपालको सिनियर उमेर समूहको टोलीले अहिलेसम्म कतारलाई जित्न सकेको छैन। त्यसमाथि सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारलाई घरेलु मैदान र समर्थकको साथ रहनेछ। पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २-० गोलअन्तरले पराजित गरेर मनोबल उच्च बनाएको छ।

    प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्वर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतूर रहेको बताएका थिए। उनले यस प्रतियोगितालाई सन् २०२० को गि्रष्मकालीन ओलम्पिकका लागि तयारी पनि भनेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...