News Portal

कतार र नेपालबिचको फुटबल आजै राती हुदै, हेमन्तको स्थानमा नितिन खेल्ने

हिमाली संचार संवाददाता
५४९ पटक

कुशल तिमल्सिना
दोहा, कतार : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट गरेका छन् ।

नेपाल र कतारबीचको खेल दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैदानमा हुनेछ। एसियन च्याम्पियन घरेलु टोलीबिरुद्धको खेलका लागि प्रशिक्षक महर्जनले ४-१-४-१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछन्।

ओमानसँगको खेलमा सुरुआती ११ मा परेका हेमन्तको स्थानमा नितिन थापाले अवसर पाएका छन्। अरु सबै समान खेलाडी छनोट गरिएको छ। गोलरक्षक अर्पण कार्की, डिफेण्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ हुनेछन्।

तेज तामाङले डिफेन्सिभ मिडफिल्डको भूमिकामा हुनेछन्। मिडफिल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल हुनेछन्। अग्रपंक्तिको जिम्मेबारी कप्तान बिमल घर्तीमगरको हुनेछ। शुक्रबार ओमानबिरुद्धको खेलमा सुरुआती मिनेटमै खराव ट्याकलको मारमा परेका भरपर्दा मिडफिल्डर हेमन्त थापा मगरले बाँकी खेल गुमाउने भएका छन्।

‘गोलीगााठाको चोट उसको पुरानै समस्या हो र त्यही दोहोरियो, गहिरो नभएपछि पर्याप्त आरामको आवश्यकता छ त्यसैले उसले बाँकी खेल खेल्ने सम्भावना कम छ,’ नेपाली टोलीका चिकित्सक राजु डंगोलले भने।

छनोट प्रतियोगिता समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ओमानसँग १-० को पराजय ब्यहोरेको थियो। चार टोली रहेको समूहबाट अर्को चरणमा स्थान बनाउनका लागि नेपाललाई यो खेल गर या मरको अवस्थामा छ। फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्धको खेल अवश्य पनि कठिन हुनेछ।

‘भर्खरै एसियन च्याम्पियन भएको कतारबिरुद्धको खेल हाम्रो लागि पक्कै पनि सजिलो छैन, हामीले रक्षात्मक रणनीति लिनेछौं, काउन्टर एट्याक र सेट पिसेस गोलमा ध्यान दिनेछौं,’ प्रशिक्षक महर्जनले भने, ‘वान टू वान मार्क गरेर खेलियो भने कतारबिरुद्ध उसकै मैदानमा राम्रो नतिजा ल्याउन सक्ने विश्वास छ।

कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्वी पनि हो। नेपालको सिनियर उमेर समूहको टोलीले अहिलेसम्म कतारलाई जित्न सकेको छैन। त्यसमाथि सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारलाई घरेलु मैदान र समर्थकको साथ रहनेछ। पहिलो खेलमा शुक्रबारै अफगानिस्तानलाई २-० गोलअन्तरले पराजित गरेर मनोबल उच्च बनाएको छ।

प्रतियोगिता सुरु हुनुअघिको पत्रकार सम्मेलनमा कतार टोलीका मुख्य प्रशिक्षक अल्वर्टो फर्नान्डेजले आफूहरु थाइल्याण्डमा अर्कोवर्षको सुरुमै हुने प्रतियोगिता खेल्न आतूर रहेको बताएका थिए। उनले यस प्रतियोगितालाई सन् २०२० को गि्रष्मकालीन ओलम्पिकका लागि तयारी पनि भनेका छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...