News Portal

६२ औं सहकारी दिवस रंगेलीमा हुने

हिमाली संचार संवाददाता
४०१ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ८, शुक्रबार : माेरङकाे रंगेली नगरपालिकामा ६२ औं सहकारी दिवस हुने भएको छ । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारी भएको छ ।

बिराटनगरमा वसेकाे जिल्ला बैठकले साे कुराकाे निर्णय गरेको हाे । सहकारी दिवसका लागि रंगेलीमा एक हप्तेे विभिन्न कार्यक्रमकाे समेत अायाेजना गरिने भएको छ । सहकारी दिवस सम्पन्न गर्ने विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

जस मध्ये प्रचारप्रसार संयाेजक माधब अधिकारी, सह संयोजक रबिन्द्र बराल, हल तथा मञ्च व्यवस्थापन उपसमितिकाे संयाेजकमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, स्वयंसेवक ब्यवस्थापनमा सराेज साह, स्वास्थ्य सेेेेवामा सन्तोष कुमार मंन्डल, झाँक्री तथा र्‍यालीमा भाेला प्रसाद राजवंशी र विजय प्रसाद शाह, त्यसैगरी स्वागत सत्यकारमा विरेन्द्र यादव र लक्ष्मीप्रसाद मेहता, अार्थिक समितिमा राकेश दाहाल, र हेरम्वराज भट्टराई र महिला परिचालनमा जानुका थापा सह संयाेजक पुनम सापकोटा, खानेपानी व्यवस्थापनमा महर्सिमेहि सहकारी संस्थाले जिम्मेवारी पाएकाे छ ।

माेरङ जिल्लामा रहेको १ हजार १ सय सहकारीहरु सञ्चालन रहेका छन भने ५ हजार भन्दा बढि सहकारीका सदस्यीयहरु सहभागी रहने अायाेजकले बताएकाेे छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...