News Portal

६२ औं सहकारी दिवस रंगेलीमा हुने

हिमाली संचार संवाददाता
३८३ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र ८, शुक्रबार : माेरङकाे रंगेली नगरपालिकामा ६२ औं सहकारी दिवस हुने भएको छ । “दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारी भएको छ ।

बिराटनगरमा वसेकाे जिल्ला बैठकले साे कुराकाे निर्णय गरेको हाे । सहकारी दिवसका लागि रंगेलीमा एक हप्तेे विभिन्न कार्यक्रमकाे समेत अायाेजना गरिने भएको छ । सहकारी दिवस सम्पन्न गर्ने विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

जस मध्ये प्रचारप्रसार संयाेजक माधब अधिकारी, सह संयोजक रबिन्द्र बराल, हल तथा मञ्च व्यवस्थापन उपसमितिकाे संयाेजकमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ईन्जिनियर कमलेश्वर ठाकुर, स्वयंसेवक ब्यवस्थापनमा सराेज साह, स्वास्थ्य सेेेेवामा सन्तोष कुमार मंन्डल, झाँक्री तथा र्‍यालीमा भाेला प्रसाद राजवंशी र विजय प्रसाद शाह, त्यसैगरी स्वागत सत्यकारमा विरेन्द्र यादव र लक्ष्मीप्रसाद मेहता, अार्थिक समितिमा राकेश दाहाल, र हेरम्वराज भट्टराई र महिला परिचालनमा जानुका थापा सह संयाेजक पुनम सापकोटा, खानेपानी व्यवस्थापनमा महर्सिमेहि सहकारी संस्थाले जिम्मेवारी पाएकाे छ ।

माेरङ जिल्लामा रहेको १ हजार १ सय सहकारीहरु सञ्चालन रहेका छन भने ५ हजार भन्दा बढि सहकारीका सदस्यीयहरु सहभागी रहने अायाेजकले बताएकाेे छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...