आज : २०२६-०७-०२, बिहीबार

नेपाल र कुवेतको मैत्रीपूर्ण फुटबल खेल बराबरी (भिडियो सहित)

मार्च २१, कुवेत : मैत्रिपूर्ण फुटबलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा कुवेत नेपालमाथि हावी भएको थियो तर, गोलरक्षक किरण चेम्जोङको केही उत्कृष्ट बचाउ गरे ।

खेल अवधीभर कुवेतले गोलका लागि परेको प्रयास मध्ये ६ वटा सही दिशामा थियो भने नेपालले एक पटक मात्र त्यस्तो अवसर बनाएको थियो ।

नेपालका रवि पासवानले डेब्यू गरे । उनी ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । अर्को खेल २५ मार्चमा हुनेछ ।

भिडियोमा हेर्नुहोस।

https://www.facebook.com/himalisanchar/videos/522532794937573/