News Portal

श्रीलंकाविरुद्ध नेपालको शानदार जित

हिमाली संचार संवाददाता
५४८ पटक

सरोज तामाङ/हरि अधिकारी
विराटनगर, ६ चैत : श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

१६ औं मिनेटमा सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् । ३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । तर गोलको खडेरी तोड्दै पुनम जर्घामगरले सावित्रा भण्डारीको हेड पासमा सुन्दर गोल गरिन् ।

दोस्रो हाफमा अझ सुधारिएको प्रदर्शन गरेको नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६० औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।

७३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो । श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गर्न सफल भइन् । ८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । प्रतियोगितामा यो उनको तेस्रो गोल हो । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् ।

खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी हुन् । नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचकाे खेलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...