News Portal

  • श्रीलंकाविरुद्ध नेपालको शानदार जित

    हिमाली संचार संवाददाता
    ५०६ पटक

    सरोज तामाङ/हरि अधिकारी
    विराटनगर, ६ चैत : श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकामाथि ४–० को फराकिलो जित हासिल गर्दै नेपाल उपाधिनजिक पुगेको हो ।

    नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

    सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

    १६ औं मिनेटमा सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् । ३५ औं मिनेटमा मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । तर गोलको खडेरी तोड्दै पुनम जर्घामगरले सावित्रा भण्डारीको हेड पासमा सुन्दर गोल गरिन् ।

    दोस्रो हाफमा अझ सुधारिएको प्रदर्शन गरेको नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् । ५३ औं मिनेटमा सावित्रा भण्डारीको प्रहार पोष्टको नजिकैबाट बाहिरियो । ६० औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपरले मुस्किलले बचाइन् ।

    ७३ औं मिनेटमा नेपालले अर्को गोल थप्यो । श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गर्न सफल भइन् । ८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । प्रतियोगितामा यो उनको तेस्रो गोल हो । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् ।

    खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी हुन् । नेपालले उपाधिका लागि भारत र ब‌गलादेशबीचकाे खेलकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कांग्रेस गङ्गाजमुना गाउँपालिकाका उपसभापति मीनबहादुर बानियाँमाथि आक्रमण

    धादिङ — गङ्गाजमुना गाउँपालिका वडा नं. ५ अन्तर्गत अर्थले–मदौरे–पञ्चकन्या नेपाली टोलमा गोरेटो बाटो निर्माणको क्रममा...

    गंगाजमुना–३ मा धादिङ यातायात र ग्रामीण यातायातका गाडी सञ्चालनमा रोक

    धादिङ — धादिङ जिल्लाको गङ्गाजमुना गाउँपालिका वडा नं. ३ अन्तर्गत काठमाण्डौ–सातदोबाटे–गुम्दी–चिमचोक रुटमा सञ्चालन हुँदै आएको...

    पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिला कुवेत पठाउने संगठित गिरोह सक्रिय

    काठमाडौँ – पर्यटक भिसाको दुरुपयोग गर्दै नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको तथ्य...

    पोखरामा २७औँ सडक महोत्सव : फेवाताल किनार रंगीन कार्यक्रमले सिँगारिने

    कास्की, मंसिर २८ – पोखराको लेकसाइड क्षेत्रमा पुस १३ देखि १७ गतेसम्म २७औँ पोखरा सडक...

    सरकारबाट संसद् कमजोर बनाउने प्रयास भइरहेको छ : सभामुख घिमिरे

    काठमाडौं, मंसिर २८ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले संघीय संसद्लाई क्रमशः सीमित बनाउने प्रयास...