News Portal

  • राखेप र किरात राई खेलकुद संघलाई प्रतियोगिताको नाममा कहिलेसम्म झुकाउने ?

    हिमाली संचार संवाददाता
    ३८९ पटक

    गोपाल काफ्ले पथरी
    चैत ५, मोरङ : कहिले महिला फुटवल, कहिले भलिवल प्रतियोगिता गराउने भन्दै विभिन्न संस्थाको नाममा विभिन्न संघ संस्थामा सहयोग उठाउदै प्रतियोगिताको नाममा झारो टार्ने गरेको भेटिएको छ । पथरी बहुमुखी क्याम्पसकी स्ववियू उपसभापती निता कुलुङ राईले प्रथम मोरङ जिल्ला क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता नाम सहयोगी संस्थाहरुलाई भुङ्ग्रोमा हालेकी छन ।

    पुर्वी मोरङमा रहेका ६ ओटा बहुमुखी क्याम्पसको सहभागिता हुने भन्दै स्थानिय निकाय र ब्यापारीहरु संग सहयोग लिएकी थिन । तर खेलमा २ वटा क्याम्पस पथरी बहुमुखी र उर्लाबारी बहुमुखी मात्र सामेल भएका थिए भने २ वटा पथरीशनिश्चरेका निजि विद्यालय एभरेष्ट आवासिय विद्यालय र रेड स्टार बिध्यालयलाई सहभागिता जनाएर खेल समापन गरेकी छन ।

    निजि विद्यालयका निर्देशकले भने आफुहरुलाई मौखीक जानकारी गराई खेलमा सहभागिता जनाई दिन आग्रह गरेको तर कुन स्तरको खेल हो भनेर स्पष्ट जानकारी नदिएको वताएका छन् । सहभागिताका लागि मात्र आफुहरुलाई उपस्थिति जनाई दिन आयोजकले अनुरोध गरेकाले आफ्नो विद्यालयको सहभागिता रहेको उनीहरुको भनाई रहेको छ ।

    पथरी बहुमुखी क्याम्पसकी अनेरास्ववियूकी बिध्यार्थी नेत्रि राईले पौष १४ देखि १७ संम्म संचालित महिला फुटवलको नाममा समेत राखेपको आँखा छलेकी छन । अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसको आयोजनामा भएको महिला फुटवलमा राईले न्यू स्टार क्लवको पत्र मिलाएर ७५ हजार निकालेको र हाल सम्म पनि सो रकमको हिसाव नबुझाएका कारण अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले हिसाव सावजनिक गर्न सकेको छौन ।

    यो पनि पढ्नुहोस।

    http://himalisanchar.com/2019/03/11540

    सोहि फुटवलमा पथरीशनिश्चरे नगर र स्थानिय ब्यापारी संघ संस्थाबाट समेत सहयोग लिएको थियो । यता अनेरास्ववियू र अखिल क्रान्तीकारी पथरी बहुमुखी क्याम्पसले राईका कारणले महिला फुटवल प्रतियोगिताको हिसाव सावजनिक समेत गर्न पाएको छन । राईले नगर खेलकुद, राष्ट्रीय खेलकुद परिसद, स्थानिय निकाय, ब्यापारी र संघ सस्थालाई छलेर खेलकुदको नाममा गरिखाने भाडो बनाउदा समेत संम्बधित निकाय मौन बसेको छ ।

    खेल सञ्चालनका लागि लाग्ने खर्च मध्ये सहयोगका लागि पथरीशनिश्चरे नगरपालिकामा २५ हजार र रतुवामाई नगरपालिकामा १० हजार रुपैयाको प्रपोजल पेस गरेको किरात राई खेलकुद संघ मोरङ जिल्ला अध्यक्ष निता राईले वताईन् ।

    २ क्याम्पस सहभागि जनाएको भलिवल प्रतियोगिताको १ लाख ७० हजार अनुमानित खर्च आँकलन गरिएको छ भने सो प्रतियोगिताको पुरस्कार राशिमा पहिलोलाई १५ हजार र दोस्रोलाई १० हजार घोषण गरिएको छ । प्रतियोगितामा एउटा साउण्ड बक्स र स्थानिय खेलाडीलाई एम्पाएर राखिएको छ जस्मा साउण्डको ६ हजार र स्टेजमा १५ हजार खर्च भएको कुलुङले वताईन ।

    फागुन २६ गते आयोजित पत्रकार सम्मेलनमा मोरङका ६ वटा क्याम्पसको सहभागिता रहने आयोजक किरात राई खेलकुद संघ मोरङले जानकारी गराएको थियो भने पथरीशनिश्चरेका २ वटा निजि विध्याललाई खेलमा सहभागी गराई खेल समापन गरेको छ ।

    आयोजकले सहयोगी लागि स्थानिय सरकारलाई मोरङ जिल्ला क्याम्पस स्तरिय महिला भलिवल प्रतियोगिता भने पनि अन्त्यमा २ क्याम्पस बिच खेल खेलाई सहयोगी सस्थाहरुको आखाँमा छारो हाल्ने र रकम निकाशा गर्न खोजेको देखीएको छ ।

    सम्पन्न भएको सो प्रतियोगितामा सहयोग गर्ने प्रतिवद्धता जनाएका स्थानिय सरकार प्रमुखहरु भने यो खवर सुनेर आश्चर्य चकित परेको वताए ।

    संघले सहयोगका लागि पत्र पठाएका स्थानिय सरकारहरु पथरी शनिश्चरे नगरपालिका र रतुवामाई नगरपालिका प्रमुखले मार्यादा विपरित खेल सञ्चालन भएकोले प्रतियोगीतामा आफूहरुले कुनै प्रकारको सहयोग नगर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...

    हाम्रो पात्रोलाई सामाजिक सञ्जालसँगै बन्द गर्ने सरकारी निर्णय विवादित

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका भन्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा लोकप्रिय एप...