News Portal

विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलायो

हिमाली संचार संवाददाता
४०२ पटक

विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलायो

काठमाडौं– काभ्रेमा गोली चलेको छ । प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव समूहको कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा मंगलार साँझ गोली चलाएको हो ।

सो क्रममा एक जना विप्लवका कार्यकर्ता पक्राउ परेको भएपनि गोली कसैलाई लागे–नलागेको खुल्न बाँकी रहेको छ ।

विप्लवका कार्यकर्ता सो क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा पुगेको महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले गोली चलाएको बताइएको छ ।

सरकारी प्रतिबन्धपछि प्रहरीले देशभर विप्लव समूहको गतिविधिमाथि निगरानी बढाएको छ ।

आजैमात्रै विप्लव समूहले जनप्रतिनिधि, राजनीतिक दल र प्रहरीलाई काभ्रेबाट लखेट्ने धम्कीपूर्ण अभिव्यक्ति बाहिर ल्याएको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...