News Portal

जनकपुरकाे होलीमा मुख्यमन्त्रीदेखि सर्वसाधारणसम्म झुमे

हिमाली संचार संवाददाता
३५५ पटक

जनकपुर -होलीको अवसरमा प्रत्येक वर्षझैँ यसवर्ष पनि जानकी मन्दिरको प्राङ्गणमा होरी महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ । मिथिला नाटक कला परिषद्ले जनकपुरमा मंगलबारदेखि होरी महोत्सवको आरम्भ भएको हो ।

प्रदेश नम्बर २ का विभिन्न जिल्लामा होरीको अवसरमा मिथिलामा गाइने होरैया (गीत) का लागि होरैया समूहहरुको सहभागितामा प्रतियोगितात्मक होरी महोत्सव २०७५ को आयोजना औपचारिक रुपमा सुरु भएको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले औपचारिक रुपमा होली महोत्सवको उद्घाटन गरेका थिए । होरी महोत्सवको होरैया प्रतियोगितामा सहभागिताका लागि धनुषा, महोतरी र सप्तरीबाट ७ वटा होरैया समूहहरु सहभागि भएका छन् ।

प्रतियोगीतामा सहभागि प्रत्येक समूहले मिथिलाको परम्परागत मौलिक झल्किने गरी होरैया गान गाउँदै नाच्ने समेत गरेका छन् ।

महोत्सवको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राउतले यसवर्षको होरी पर्वले मधेस र देशमा विद्यमान मतभेद हटाएर विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै सबैमा शुभकामना व्यतm गरेका छन् ।

उनले होली पर्व कुनै विशेष जात धर्म समुदायको नभई सबैका पर्व रहेको र यस पर्वले समाजमा भाइचारा, एकता र सद्भाव कायम राख्न मद्दत गर्ने बताए ।

हिन्दी भाषामा बोल्दै आएका मुख्यमन्त्री राउतले पहिलोपटक मैथिली भाषामा सम्बोधन गरेर शुभकामना मन्तव्य व्यतm गरेका थिए ।

मिनापले मुख्यमन्त्री राउतलाई होरैया र फगुवा गान गाँउदा मुख्यतः प्रयोग हुने डम्फा मायाको चिनो उपहार स्वरुप प्रदान गरेको छ ।

होरी महोत्सवमा जमुनीवास, गिद्धा वेलापट्टी, सप्तरी, धनुषाधाम मंगलवार, पिपरा, हरिपुर र वेलाको समुह सहभागिता छन् ।

७ टिममध्ये तिन टिमलाई ट्रफीसहित पुरस्कृत गरिने मिनापले जनाएको छ । महोत्सवको सुरुवात मिनापको फगुवा गानवाट सुरु भएको थियो । कार्यक्रमका बीच महोत्सवमा सहयोग गर्नेहरुलाई मुख्यमन्त्री राउतले सम्मान गरेका थिए ।

त्यस्तै महामुर्ख सम्मेलनबाट होलीको अवसरमा प्रत्येक वर्ष एकजना सार्वजानिक पद धारण गरेका विशिष्ठ व्यतिmत्वलाई महामुर्खको मानपदवी प्रदान गर्ने परम्परा रहेको छ ।

महामुर्ख सम्मेलनमार्फत समाजका विशिष्ट व्यक्तिहरूलाई महामुर्ख, पटमुर्ख, मुर्खाधिराजलगायतका मानपदवी दिइने गरेको छ ।

हराउँदै गएको पारम्परिक होरैया (होली गीत) को जगेर्ना र संरक्षणका लागि प्रत्येक वर्ष मिनापले होली महोत्सव र महामुर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...