News Portal

  • सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम लिवाङ

    ८३४ पटक

    महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको निगरानीमा रहने भएको हो ।

    जिल्लाको मुख्य वजार क्षेत्र लिवाङको शान्ति सुरक्षा सुदृढ गर्नका लागी सिसि क्यामेरा जडान गरिएको प्रहरीले वताएको छ । अपराध अनुसन्धानमा समेत सहयोग पुगोस भनेर सिसि क्यामेरा जडान गरिएको हो जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुइयालले भने । जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमवाटै निगरानी गरिने भएकाले शान्ति सुरक्षा सुदृढ हुनेमा आफु आशावादी रहेको फुइयालको भनाई छ । मानिसको वढि मात्रामा जनसंपर्क र आवत जावत हुने स्थान तथा सुरक्षा संवेदनशिल क्षेत्रहरुमा क्यामेरा जडान गरेको फुइयालले जानकारी दिए ।

    क्यामेरा जडानमा स्थानीय सरकार, नीजि क्षेत्र र वित्तिय क्षेत्रले समेत आर्थिक सहयोग गरेको वताइएको छ । रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायि समितिहरु, नीजि क्षेत्रमा संचालित वैंक, गैर सरकारी संस्था महासंघ, होटल व्यावसायिक संघ र नेपाल लेखापढी कानून व्यावसायि संघले आर्थिक सहयोग गरेको वताइएको छ ।

    टुडिखेलमा तीनवटा क्यामेरा जडान गरिएको छ भने जनता वैंक,लोकतान्त्रिक चोक, पिपलचौतारा, सात्तालेखोला,शिवालय मन्दिर र जिल्ला प्रशासन कार्यालय अगाडी १/१ गरि १० वटा क्यामेरा जडान गरिएको वताइएको छ । ४ वटा क्यामेरा चारैदिशा घुम्ने र ६ वटा क्यामेरा एकैतिर रहने खालका भएको वताइएको छ ।

    रोल्पा नगरपालिकाको ७ लाख लगानी रहेको सो क्यामेराका लागी अन्य निकायको सहयोग समेत ११ लाख ६३ हजारको लागत रहेको क्यामेरा संयोजन समितिका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । जडान कार्य समाप्त भई परिक्षण समेत गएिकाले केही दिन भित्रै औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिने आचार्यको भनाई छ । क्यामराको सुरक्षा र दीगोपनाका लागी वजारवासी संवेदनशिल हुनु पर्ने आचार्यको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...