News Portal

  • सिसि क्यामेराको निगरानीमा रोल्पा सदरमुकाम लिवाङ

    ७७६ पटक

    महेश न्यौपाने – रोल्पा सदरमुकाम लिवाङ अव सिसि क्यामेरावाट निगरानी हुने भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको अनुरोधमा रोल्पा नगरपालिका लगायत अन्य विभिन्न निकायको सहयोगमा सिसि क्यामेरा जडान भए संगै वजार क्षेत्र सिसि क्यामेराको निगरानीमा रहने भएको हो ।

    जिल्लाको मुख्य वजार क्षेत्र लिवाङको शान्ति सुरक्षा सुदृढ गर्नका लागी सिसि क्यामेरा जडान गरिएको प्रहरीले वताएको छ । अपराध अनुसन्धानमा समेत सहयोग पुगोस भनेर सिसि क्यामेरा जडान गरिएको हो जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुइयालले भने । जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमवाटै निगरानी गरिने भएकाले शान्ति सुरक्षा सुदृढ हुनेमा आफु आशावादी रहेको फुइयालको भनाई छ । मानिसको वढि मात्रामा जनसंपर्क र आवत जावत हुने स्थान तथा सुरक्षा संवेदनशिल क्षेत्रहरुमा क्यामेरा जडान गरेको फुइयालले जानकारी दिए ।

    क्यामेरा जडानमा स्थानीय सरकार, नीजि क्षेत्र र वित्तिय क्षेत्रले समेत आर्थिक सहयोग गरेको वताइएको छ । रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायि समितिहरु, नीजि क्षेत्रमा संचालित वैंक, गैर सरकारी संस्था महासंघ, होटल व्यावसायिक संघ र नेपाल लेखापढी कानून व्यावसायि संघले आर्थिक सहयोग गरेको वताइएको छ ।

    टुडिखेलमा तीनवटा क्यामेरा जडान गरिएको छ भने जनता वैंक,लोकतान्त्रिक चोक, पिपलचौतारा, सात्तालेखोला,शिवालय मन्दिर र जिल्ला प्रशासन कार्यालय अगाडी १/१ गरि १० वटा क्यामेरा जडान गरिएको वताइएको छ । ४ वटा क्यामेरा चारैदिशा घुम्ने र ६ वटा क्यामेरा एकैतिर रहने खालका भएको वताइएको छ ।

    रोल्पा नगरपालिकाको ७ लाख लगानी रहेको सो क्यामेराका लागी अन्य निकायको सहयोग समेत ११ लाख ६३ हजारको लागत रहेको क्यामेरा संयोजन समितिका अध्यक्ष नवराज आचार्यले जानकारी दिए । जडान कार्य समाप्त भई परिक्षण समेत गएिकाले केही दिन भित्रै औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिने आचार्यको भनाई छ । क्यामराको सुरक्षा र दीगोपनाका लागी वजारवासी संवेदनशिल हुनु पर्ने आचार्यको भनाई छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...

    चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

    चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा...

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...