News Portal

लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न

हिमाली संचार संवाददाता
५५४ पटक

माधब शाही
मार्च १६, कुवेत : अतिथि कलाकार अमित बराल र शान्ता परीयारका साथ लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलको हलमा शुक्रवार चर्चित लोक दोहोरी गायिका शान्ता परीयार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव भब्य रुपमा सम्पन्न भएको हो ।

लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतकी दितिय सचिब जानकी ओझाको रहेको थियो भने बिशिष्ट अतिथीमा नेपाली राजदुतावास कुवेतकी सहचारी यसोदा अधिकारी, गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, BEC एक्सचेञ्जका प्रतिनिधि डम्मर गुरुङको उपस्थित रहेको थियो । वार्षिक उत्सव तथा सांगीतिक कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी लगायत कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन शुरेस ग्यावा तामांगले गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई समाजका उपाध्यक्ष अशोक वस्तीले मन्तब्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रम सभापती, प्रमुख अतिथि, बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी साथै छैठौं वार्षिक उत्सबको उपलक्ष्यमा केक काटी कार्यक्रमको उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो ।

प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतकी दितिय सचिब जानकी ओझा, बिशिष्ट अतिथी नेपाली राजदुतावास कुवेतकी सहचारी एसोदा अधिकारी, गैर आवासीय नेपाली संघ कुवेतका महासचिब हरी लावती, नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, नेपाल पत्रकार महासंघ कुवेतका कोषाध्यक्ष प्रदिप नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

मन्तब्य राख्ने क्रममा बक्ताहरुले समाजले गरेको कार्यप्रती प्रशंसा गरेका थिए भने नव नियुक्त दितिय सचिब जानकी ओझाले कुवेतवासी नेपालीहरुको हकहितका लागी आफु लगायत नेपाली राजदुतावास कुवेत सधै तयार रहेको बताउँदै कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई आफुले सकेको सहयोग गर्ने बाचा गरेकी थिइन् । त्यसै गरी नवनियुक्त सहचारी यसोदा अधिकारीले कुवेतमा रहेका नेपालीहरुको सेवा र सहयोगको लागी आफु लगायत दुतावास सधै तयार रहेको बताईन् ।

संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी समाज नेपाल कुवेतको स्थापनाको बारेमा प्रस्ट्याएका थिए भने संस्थाले भागीरथ चापागाई बचाऊ अभियानमा उठेको सहयोग रकम नेपाली राजदुतावास कुवेतलाई हिसाब बिवरण सहित छिट्टै बुझाउने बताए । भागिरथलाई नेपाल पठाउन सँस्थाले धेरै कोशिस गर्दा पनि पठाउन नसकको दुखेसो पोख्दै भागिरथलाई सहयोग गर्ने कुवेतवासी नेपाली, संघसँस्था, समाजसेवी प्रती आभार प्रकट गरेका थिए । केही बर्ष देखी कोमामा रहेका भागीरथलाई एअरलाइन्सले आवश्यक अक्सिज उपलब्ध गराउन नसक्ने समस्याले गर्दा नेपाल पठाउन नसकिएको बताए ।

वार्षिक उत्सव तथा सांगीतिक कार्यक्रमको पहिलो प्रस्तुती स्वरूप देश भक्ती गीत “जागौ बिर नेपाली आफ्नो देश बनाउन” बोलको गीत स्थानिय कलाकार इन्दा योञ्जन र कुमार स्याम्ताङ्ले पस्केका थिए । सुदुरपश्चिम सेवासमाज कुवेतका अध्यक्ष अम्मर खड्काले लुम्बिनीको बारेमा तयार पारीएको गजल बाचन गरेका थिए भने साबु गैरेले नृत्य र पत्रकार तथा कलाकार प्रेम जिमीले मौलिक नृत्य टप्पा प्रस्तुत गरेका थिए ।

रातो कोट ढाका टोपीमा सजियर स्टेजमा चढेका लोक पप गायक डीबी लोप्चनले पहिलो प्रस्तुती स्वरुप देश भक्ती गीत “मत हजुर गोर्खालीको छोरो ” बोलको गीत पस्केका थिए । “मैच्यांगको मिठो बोली झकास झकास” बोलका गीतहरु पस्की उपस्थित दर्शकहरुलाई भरिपुर्ण मनोरंजन प्रदान गरेका थिए ।

स्थानीय लोक पप गायक बिबी मल्ल ठकुरीले
“आँखैमा गाजल लपक्कै, सोल्टिनी तिम्रो गालैमा लाली चडेछ” बोलको गीत प्रस्तुतले दर्शक अतिथि कलाकारलाई नचाउन सफल भएका थिए ।

जब साँझ ६ बजे नेपाल आइडल सिजन २ का टप ५ का प्रतिसप्रधि गायक अमित बराल मञ्चमा उक्लिए दर्शक दिर्घाबाट ताली वर्षियो । मञ्चमा उक्लिने बित्तिक्कै मौसमको खराबीले गर्दा आफु लगायत गायिका शान्ता परीयार दुबईमा रोकिएको र समयमा कुवेत आउन नसकेको र पुष्पन प्रधान भिसाको समस्याले आउन नसकको भनी दर्शकहरु माझ माफी मागेका थिए ।

गायक अमित बरालले पहिलो प्रस्तुती स्वरूप “सुन साइली, सुन साइली ” बोलको गीत पस्केका थिए । करिब एक दर्जन जति गीत पस्की दर्शकको मन जित्न सफल भएका थिए ।

चर्चित लोकदोहोरी गायिका शान्ता परीयार नेपाली मौलिक पहिरहनमा सजियर मञ्चमा उक्लन बित्तिक्कै “पछ्यौरीको तातो” बोलको गीत गुनगुनाईन । गायिका परीवारले उनका चर्चित गीत दर्जन भन्दा बढी गीत गायर उपस्थित दर्शक हरुलाई छम छम नचाउन सफल भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...