News Portal

सुर्खेतको सिम्ताका बलबहादुर हराएको २१ बर्षपछि परिवारको सम्पर्कमा आए

हिमाली संचार संवाददाता
७०७ पटक

फागुन ३० सुर्खेत : युवा अवस्थामा भारतमा हराउनु भएका सुर्खेत सिम्ताका बलबहादुर कामी करिब २१ वर्षपछि घरपरिवारको सम्पर्कमा आउनुभएको छ। ३४ बर्षको उमेरमा रोजगारीको शिलशिलमा भारत जानु भएका उहाँ हराएको २१ बर्षपछि फेला पर्नुभएको हो।

सुर्खेतको सिम्ता गाँउपालिका साविक डाडाँखाली गाविस वडा नम्बर ७ का बलबहादुर कामी (बाङगो) भारतको सिम्लामा फेला पर्नुभएको आफन्तले जनाएका छन। २०५४ सालमा घरदेखी भारत जान हिड्नुभएका बलबहादुरको अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको थिए। ५७ वर्षीय बलबहादुरको भारतमा रहेका जेठो छोरा र ज्वाइसंग पुनर्मिलन भएपछि आफन्त हर्षित भएका छन।

२१ बर्ष अगाडी साथीहरुसँगै भारत पुग्नुभएका बलबहादुर एक्लै रेल चढेपछि बिछोडिनु भएको थियो। त्यसपछि आफ्नो ठाँउ विर्सनु भएका उहाँले धेरै बर्ष भारतका विभिन्न शहरहरुमा निकै दुख, कष्ट्रको सामना गर्नुपरेको हामीसंग फोनमा बताउनुभयो।

उहाँले फोनमा भन्नुभयो ‘आजसम्मको जीवन यत्तिकै खेर गयो, अब नेपालमा जाने इच्छा छ,अव छोराको साथ पाए घरजाने धोको पुरा हुन्छ भन्ने लागेको छ।उहाँ अहिले भारतमा आफ्नो जेठो छोरा र ज्वाइसंग रहनु भएको छ।अस्ति मात्र उहाँका छोरा लिलवहादुर विकले आफ्ना बुवा भेटिएको खबर पाएपछि भेनाजु दलविरलाइ साथमा लिएर सिम्ला पुग्नुभएको हो।

सिम्ला पुगेपछि शुरुम बुलालाइ चिन्न गाँह्रो भयो, पछि सबैले बुवा हुनुहन्छ भनेपछि चिन्ने।आफु ६/७ बर्षको उमेर हुदाँ हराउनु भएका बुवा भेटेनुहुन्छ भन्ने कल्पना समेत नगरेको उहाँको भनाइ छ। वुवाको अनुहार समेत याद नभएका लिलबहादुरलाइ बुवा भेटिनुभयो भन्दा शुरुमा विश्वास नै लागेनन् पछि सबैले हो, भनेपछि मात्र थाहा भयो।

उहाँले भन्नुभयो अबछिटै बुवालाइ नेपाल ल्याउने धोको छ। बलबहादुरका दुइ छोरा र दुइ छोरी छन भने श्रीमतीको भने केही बर्ष अघि नै अन्यत्र विहे भइसकेको छ। घरजाने इच्छा भएपनि जाने ठाँउ पत्ता लागाउन नसक्दा समस्या परेको बलबहादुरको भनाइ छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...