News Portal

रोल्पाका एक युवाको कतारमा सडक दुर्घटनामा परी मृत्यु

हिमाली संचार संवाददाता
४०० पटक

काशीराम डाँगी
वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रोल्पाका एक युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । रोल्पा नपा–२ रेउघा सिमलबाङका ३१ वर्षीय पृथ्वी बुढामगरको दोहामा बुधवार सडक दुर्घटनामा परी मृत्यु भएको परिवारले जनाएको छ ।

दोहा कतारस्थित वैदेशिक रोजगारीका सिलसिलामा पुगेका युवाहरूको सङ्गठन अन्तर्राराष्ट्रिय रोल्पा ली सेवा समाजले पृथ्वीको सडक दुर्घटनापछि घटनास्थलमै मृत्यु भएको जानकारी गराएको हो। दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याइएको थियो। उनी उक्त सङ्गठनका आर्थिक सल्लाहकार थिए। दुर्घटनापछि कतारस्थित सङ्गठनका अध्यक्ष केशवराज खड्का र सचिव ठगेन्द्र वलीले संयुक्त विज्ञप्ति जारी गर्दै पृथ्वीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

दुर्घटनाको पुष्टि गर्दै सङ्गठनका केन्द्रीय अध्यक्ष सन्दीप थापाले मृतकको शव नेपाल ल्याउन नेपाली दूतावासमार्फत पहल थाल्ने बताए। कतारस्थित नेपाली दूतावाससँगको समन्वयमा प्रतिवेदन तयार गरिरहेको खड्काले बताए। दूतावास मार्फत कागजी प्रक्रिया मिलाउन त्यहाँस्थित युवाहरूले सहयोग गरिरहेका छन्।

लामो समयदेखि पृथ्वीले कतारस्थित एक कम्पनीमा गाडी चालकका रूपमा काम गर्दै आएको पारिवारिक स्रोतले जनाएको छ। अर्को महिना छुट्टीमा घर आउने तयारीमा रहेका पृथ्वीको दुर्घटनापछि भएको मृत्युको खबरले परिवार शोकमा छ। सामाजिक कार्यमा रुचि राख्दै आएका युवा पृथ्वीको मृत्युबाट समाजमा क्षति पुगेको भन्दै वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका युवाहरूको संस्था रोल्पा ली सेवा समाजका शाखाहरूले दुःख व्यक्त गरेका छन्।

तस्बिर : अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...