News Portal

जनसम्पर्क समितिले गर्‍यो एम्बुसमा खुट्टा गुमाएकी मीरालाई एक लाख सहयोग

हिमाली संचार संवाददाता
४८० पटक

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन प्रचारको क्रममा बम विष्फोटमा परी घाइते उदयपुरकी मिरा कटुवाललाई एक लाख नगद सहयोग गरिएको छ । सहयोग रकम कांग्रेस नेता प्रकाशमान सिंहले सोमबार हस्तान्तरण गरेका छन् ।

सो रकम हरिबोल भण्डारीको अग्रसरतामा नेपाल-अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले संकलन गरेर नेपाल पठाएको थियो ।

रकम हस्तान्तरण गर्दै कांग्रेस नेता सिंहले निर्वाचनका क्रममा घाइते भएपनि प्रजातान्त्रिक पद्दतीलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय भएको बताए ।

उदयपुर निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी २०७४ मंसिर १३ गते दनुवारबेशी गाउँमा एम्बुसमा पर्दा कार्कीसहित चार जना गम्भीर घाइते भएका थिए ।

मीरा कटुवालको एउटा खुट्टा गुमेको छ । रकम हस्तान्तरण कार्यक्रममा मीराले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले भनिन्, ‘खुटा गुमाएपनि म सधैंभरी पार्टी र आम जनताको पक्षमा काम गर्नेछु ।’

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...