News Portal

जनसम्पर्क समितिले गर्‍यो एम्बुसमा खुट्टा गुमाएकी मीरालाई एक लाख सहयोग

हिमाली संचार संवाददाता
५३९ पटक

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन प्रचारको क्रममा बम विष्फोटमा परी घाइते उदयपुरकी मिरा कटुवाललाई एक लाख नगद सहयोग गरिएको छ । सहयोग रकम कांग्रेस नेता प्रकाशमान सिंहले सोमबार हस्तान्तरण गरेका छन् ।

सो रकम हरिबोल भण्डारीको अग्रसरतामा नेपाल-अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले संकलन गरेर नेपाल पठाएको थियो ।

रकम हस्तान्तरण गर्दै कांग्रेस नेता सिंहले निर्वाचनका क्रममा घाइते भएपनि प्रजातान्त्रिक पद्दतीलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय भएको बताए ।

उदयपुर निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी २०७४ मंसिर १३ गते दनुवारबेशी गाउँमा एम्बुसमा पर्दा कार्कीसहित चार जना गम्भीर घाइते भएका थिए ।

मीरा कटुवालको एउटा खुट्टा गुमेको छ । रकम हस्तान्तरण कार्यक्रममा मीराले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले भनिन्, ‘खुटा गुमाएपनि म सधैंभरी पार्टी र आम जनताको पक्षमा काम गर्नेछु ।’

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...