News Portal

पत्नी शोकमा रंगेलीका मेयर बगडिया

हिमाली संचार संवाददाता
५८५ पटक
रबिन्द्र बराल, मोरङ

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल)लाई पत्नी शोक परेको छ । स्वर्गीय बुबा त्रिलाेकचन्द सरिया अामा स्वर्गीय भगवती देवि सरियाकाे काेखबाट २०२७ असाेज २१ गते झापाको भद्रपुरमा जन्मिनु भएकी स्वर्गीय मनिषा देवि अग्रवाल (सरिया) जन्म भएको थियोे ।

बुबा मदनलाल अग्रवाल र अामा गिता देवि अग्रवाल काेखबाट २०२३ जेठ १९ सालमा जन्मनु भएका जेष्ठ पुत्र दिलिप अग्रवालसंग २०४७ बैसाख २२ गते बिबाह भएकाे थियोे । बिगत १५ वर्षदेखि क्यान्सरको नियमित उपचार गराइरहेकी मनिषाका ४८ बर्षकाे उमेरमा शनिबार राति ९ बजेर २१ मिनेटमा विराटनगर–८ स्थित अाफ्नाै निवासमा निधन भएको थियोे । उनका छाेरी तानीया अग्रवाल र छोरा यस अग्रवाल छन ।

उनकाे पार्थिक शरिरलाई श्रद्धाञ्जली दिनका लागि एक नम्बर प्रदेशका अर्थमन्त्री ईन्द्र बहादुर अाङदाङबे, सामाजिक बिकास मन्त्री जीवन घिमिरे, मन्त्री हिक्मत कार्की, क्षेत्र नम्बर ५ का सभाषद शिव कुमार मंन्डल, बिराटनगर महानगरपालिकाका भिम पराजुली, रंगेली नगरपालिका उपमेयर केशब खराल, कार्यकारी अधिकृत सुरेन्द्र बहादुर थापा, वडाध्यक्ष रामचन्द्र मंन्डल, घन्श्याम पनेरु लगायत प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, ब्यापारी, शिक्षक, शुभचिन्तक लगायत हरुकाे समेत उपस्थित रहेको थियोे। अाईतबार नै हाटखोलास्थित सिंघीया घाटमा अन्तिम अन्त्येष्टी गरिएकाे छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...