News Portal

पुर्वि मोरङका पत्रकारद्वय खड्का र बेघा पुरस्कृत

हिमाली संचार संवाददाता
३८८ पटक

उर्लाबारी २५, फागुन : मोरङको पथरी घर भई हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत पत्रकार खड्का र बेघालाई कार्यक्रमका प्रमुख अतिथी पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद हस्तान्तरण गर्नुभयो । पुरस्कारको राशी नगद १० हजार १ रुपैंया /नगद १० हजार १ रुपैंया छ । पत्रकार खड्का रातोकलम डटकमका प्रधान सम्पादक र बेघा साइनोखबर डटकमका सम्पादक हुनुहुन्छ ।

सो पुरस्कार बुद्द युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज हस्तान्तरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गर्नुभएको हो ।

पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व.जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गर्नुभएको पुरस्कारका संरक्षक गोपाल काफ्लेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...