News Portal

अत्याधिक वर्षा हुँदा सल्यानको कालिका माबिको चौर निर्माण गर्दा लगाइएको तालजालि बगायो

हिमाली संचार संवाददाता
६८६ पटक

सल्यान – सल्यानको कपूरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयमा तारजाली लगाएर निर्माण गरिएको चौर अविरल वर्षाले बगाएको छ । कपुरकोट ३ मा रहेको उक्त विद्यालयमा चौर निर्माण गर्दा लगाइएको तालजालिमध्ये १७५ थान जालि बगाएको विद्यालयले जनाएको छ । आइतबार विहान ४ बजेतिर ठूलो संख्यामा तारजाली वर्षासंगै भत्कीएर गएपछि फिल्डमा पूर्ण रुपमा क्षती पुगेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रुद्रविर कवरले जानकारी दिए ।

विद्यालयको चौरसहित भत्कीएर गएका जालिले जागेश्वर गिरीको सुन्तला बगैचा र माधव गिरीको टिमुर खेतीमा नोक्सानी गरेको छ । साथै फिल्ड नै भत्कीएपछि कालिका माविका विद्यार्थी खेल्न तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न समस्या पर्ने भएको प्रधानाध्यापक खिमलाल गिरीले बताए । जिल्लाकै नमुना विद्यालय बन्ने तयारिमा रहेको कालिका माविलाइ फिल्ड भासिएपछि केहि चुनौती थपिएको छ ।

२०६९ सालदेखि लगाएको तारजालिमा विद्यालयले २१ लाख रुपैयाँ खर्च गरेको थियो । यस अघि २०६९ सालको साउन ६ गते परेको अविरल वर्षाले कालिका माविको पुरै भवनहरु भासिएका थिए । त्यसपछि जग्गा खरिद गरेर नयाँ भवन निर्माण गरेको विद्यालयलाइ फेरि अर्काे समस्या थपिएको हो । नेस

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...