News Portal

कुवेतमा मृत्यु भएकी पाल्पाकी अमृताको परिवारलाई एनआरएनए कुवेतद्वारा आर्थिक सहयोग

हिमाली संचार संवाददाता
५२२ पटक

कुवेत : कुवेतमा मृत्यु भएकी रैनादेबी छहरा गाउँपालिका – ४ पाल्पाकी अमृता दमाईको परिवारलाई एनआरएनए एनसिसि कुवेतले आर्थिक सहयोग गरेकोे छ ।

आमाको मृत्यु पश्चात अभिभावकबिहिन भएका बच्चाहरुलाई केहि हदसम्म भए पनि राहत होस भन्ने उदेश्यले उक्त आर्थिक सहयोग गरिएको एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलले हिमालीसंचार डटकमसंगको कुराकानीमा बताएकी छिन।

एनसिसि कुवेतको राहत कोषबाट ५१ हजार रुपैया मृतकका आफन्त विष्णु दर्जीलाई उक्त सहयोग रकम पठाएको एनसिसि कुवेतले जनाएको छ।

मृतकको शव नेपाल पठाउन समस्या भएको समाचार सम्प्रेषण भएपछि एनसिसि कुवेतले सो बिषयमा चासो लिएको थियो तर अन्तत कुवेतस्थित नेपाली राजदुताबासले नै मृतकको शव नेपाल पठाउनको लागि सम्पुर्ण ब्यवस्था मिलाएको थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...