News Portal

  • भीभीआइपीकाे सवारीले जनतामा दुख

    हिमाली संचार संवाददाता
    २९९ पटक

    काठमाडौं -मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।

    मंगलबार साँझ पनि उही प्रकृतिको समस्या दोहोरियो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सैनिक मुख्यालय भद्रकाली जाने कार्यक्रमले।

    शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपथबाट उपराष्ट्रपति नन्दबहादुर पुन र बालुवाटारबाट प्रधानमन्त्री केपी ओली पालैपालो नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन सैनिक मुख्यालय भद्रकाली जानका लागि एक घण्टाभन्दा बढी सवारी साधन रोकिए।

    खानी विभाग, लैनचौर, केशर महल र राजदरबार संग्राहलयको दक्षिण गेट, भद्रकाली क्षेत्रमा साँझको बेला झन्डै पौन घण्टा सडक जाम हुँदा सर्वसाधारणले अरु बेलाझैं सहेनन्। मोटरसाइकल चालकहरुले बाटो खोल्न आग्रह गरी पटक पटक हर्न बजाए तर ट्राफिक प्रहरीले अनुमति दिएन। दिन मिल्ने अवस्था थिएन।

    सुरक्षाको नाममा विशिष्ट व्यक्ति ओहोरदोहोर गर्दा हुने सवारी जाममा कतिपय बेला एम्बुलेन्ससमेत पर्ने गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पनि ‘राजकीय शैली’ मा ‘ठूला व्यक्ति’हरुको सवारी हुनु सुहाउँदो नभएको सर्वसाधारणको गुनासो छ।यही भिडियोमा देखिएको दृष्यको पक्षमा बुधबार दिनभर सामाजिक सञ्जाल तातियो।

    राजनीतिक विश्वलेषक एवं प्राध्यापक सुरेन्द्र केसीले जनताको पीरमर्का बुझेर राजनीतिक नेतृत्वले व्यवहार प्रदर्शन गर्न नसकेकोमा यस्तो अवस्था आएको बताए। ‘लोकतन्त्र जनताका लागि हो, जनतालाई दु:ख दिन होइन’ उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पटक पटक यस्तो आलोचना भइरहेको छ। यस घटनाप्रति म खेद प्रकट गर्दछु।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजीका माग सही, तर विध्वंस स्वीकार्य छैन: ओली

    भक्तपुर, असोज १० – नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको मागहरू गलत...

    गृहमन्त्री अर्यालको चेतावनी– नेताहरूलाई पासपोर्ट रोक्का मात्र होइन, पक्राउ पनि हुन सक्छ

    काठमाडौं, असोज १० – गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र जेन–जी आन्दोलनमा संलग्न नेताहरूलाई आवश्यक परे...

    रास्वपालाई घरधनीको नोटिस, तीन महिनाभित्र कार्यालय खाली गर्न आग्रह

    काठमाडौं, असोज १० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बनस्थलीमा प्रयोग गर्दै आएको केन्द्रीय कार्यालय...

    प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक आइडी, कारबाहीको चेतावनी

    काठमाडौँ, असोज १० –  प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जालमा नक्कली खाता खोलिएको खुलेको छ।...

    आज २०८२ साल असोज १० गतेको राशिफल

    आज असोज १०, २०८२ (सेप्टेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...