News Portal

भीभीआइपीकाे सवारीले जनतामा दुख

हिमाली संचार संवाददाता
३४९ पटक

काठमाडौं -मुलुकमा गणतन्त्र आइसकेपछि पनि राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरुको सवारीको बेला हुने सडक जामले सर्वसाधारणले पटक पटक समस्या व्यहोर्दै आएका छन् । त्यस्ता घण्टौको जामले उनीहरुमा आक्रोश पैदा भए पनि विरोध गर्न सकिरहेका थिएनन् ।

मंगलबार साँझ पनि उही प्रकृतिको समस्या दोहोरियो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्ति सैनिक मुख्यालय भद्रकाली जाने कार्यक्रमले।

शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारी, कान्तिपथबाट उपराष्ट्रपति नन्दबहादुर पुन र बालुवाटारबाट प्रधानमन्त्री केपी ओली पालैपालो नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन सैनिक मुख्यालय भद्रकाली जानका लागि एक घण्टाभन्दा बढी सवारी साधन रोकिए।

खानी विभाग, लैनचौर, केशर महल र राजदरबार संग्राहलयको दक्षिण गेट, भद्रकाली क्षेत्रमा साँझको बेला झन्डै पौन घण्टा सडक जाम हुँदा सर्वसाधारणले अरु बेलाझैं सहेनन्। मोटरसाइकल चालकहरुले बाटो खोल्न आग्रह गरी पटक पटक हर्न बजाए तर ट्राफिक प्रहरीले अनुमति दिएन। दिन मिल्ने अवस्था थिएन।

सुरक्षाको नाममा विशिष्ट व्यक्ति ओहोरदोहोर गर्दा हुने सवारी जाममा कतिपय बेला एम्बुलेन्ससमेत पर्ने गरेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा पनि ‘राजकीय शैली’ मा ‘ठूला व्यक्ति’हरुको सवारी हुनु सुहाउँदो नभएको सर्वसाधारणको गुनासो छ।यही भिडियोमा देखिएको दृष्यको पक्षमा बुधबार दिनभर सामाजिक सञ्जाल तातियो।

राजनीतिक विश्वलेषक एवं प्राध्यापक सुरेन्द्र केसीले जनताको पीरमर्का बुझेर राजनीतिक नेतृत्वले व्यवहार प्रदर्शन गर्न नसकेकोमा यस्तो अवस्था आएको बताए। ‘लोकतन्त्र जनताका लागि हो, जनतालाई दु:ख दिन होइन’ उनले भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पटक पटक यस्तो आलोचना भइरहेको छ। यस घटनाप्रति म खेद प्रकट गर्दछु।’

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...