News Portal

क्रिकेट रङ्गशाला बनाउन खुत्रुके महाअभियान सुरु

हिमाली संचार संवाददाता
४९३ पटक

काठमाडौं : धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा यो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् । महासंघले प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ ।

धुर्मुसले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर अभियानको सुरुवात गरेका हुन। कार्यक्रममा सहभागीहरुले पनि सहयोग गरेका छन् । सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...