News Portal

एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख आर्थिक सहयोग

हिमाली संचार संवाददाता
१२७८ पटक

कर्ण अधिकारी
मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९ बजे प्रेसर र इन्टरनल ब्लिडिङका कारण असामयिक निधन भएकोमा उहाँको निधन प्रति एम.जि.एम.नेपाली सेक्युरीटी परीवारले दु:ख ब्यक्त गर्दै मृतकका परीवारलाई केहि आर्थिक सहयोग गरौ भन्ने उदेश्य राख्दै गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउले पठाएको पत्रलाई आधार मान्दै एम.जि.एम मकाउमा कार्यरत रहेका ७२ जना नेपालीहरूबाट रकम संकलन गरेर मोप ७२२४ अर्थात नेरू.१ लाख ४५० रूपैया मृतक तिमल्सिनाको श्रीमति र छोरा छोरीलाई गैर आबासीय नेपाली संघ मकाउका प्रतिनिधि मार्फत हस्तान्तरण गरीएको छ।

बिगतका दिनहरू देखि नै एम.जि.एममा कार्यरत रहेका नेपालीहरूले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई दु:ख पर्दा सहयोग गर्दै आएको छ। डोल्मा शेर्पा देखि अम्बर बहादुर बम हुँदै पेटका ट्युमर भएकी सलिना खड्का साथै सेति बाढी पिडित,भूकम्प पीडित र मकाउमा मृत्यू भएका नेपालीहरूको परीबारलाई आर्थिक सहयोग गर्दै आएको छ।

यस्ता समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु हाम्रो कर्तब्य र धर्म भन्छन – एम.जि.एममै कार्यरत शम्सेर थापा। मृतक तिमल्सिनाको अन्तिम श्रद्धाञ्जली सभामा समेत एम.जि.एम मकाउका सेक्युरीटी परीवारले पुष्प गुच्छाले मृतक तिमल्सिनालाई बिदाई गरेका थिए।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...