News Portal

नेपाल कुवेत साँस्कृतिक मंचको नवौँ बार्षिकोत्सव सम्पन्न, अध्यक्षमा पुनः गोविन्द बराल

हिमाली संचार संवाददाता
५३४ पटक

सुरेश गुरुङ

कुवेत : “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो पाँचौ अधिबेशन तथा नबौं वार्षिकोत्सव हिजो मिती १ मार्च २०१९ शुक्रबार दिन कुबेत को फर्वानिया स्थित दवाही प्यालेस हलमा सम्पन्न भएको छ।

गोबिन्द बराल को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाली दुतावासको तर्फबाट तृतीय सचिब मनोज सिंह रहेको थिए भने बिशिष्ट अतिथीमा एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, मंचको संस्थापक अध्यक्ष संरक्षक: सुजन केसी रहेको थियो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी अथितीको रुपमा उपस्थित रहेका थियो।

सभापति, प्रमुख अतिथी, बिशेष अतिथीहरुले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै मंचको फोटो पत्रकार:प्रसाद तिमील्सिनाले कार्यक्रमलाई संचालन गरेका थिए । भने मंचको संयोजक उमा घिमिरेले स्वागत मन्तब्य गर्नु भएको थिए। कार्यक्रममा प्रमुख अतिथि तृतीय सचिब मनोज सिंह, एनआरएनए कुवेतकी अध्यक्ष सुमित्रा पौडेल, नेपाल पत्रकार महासँघ कुवेतका कोषाध्यक्ष प्रदिप नेपाली, नेपालि अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाइली, एनआरएनए कुवेत सचिब उमेश पुडासैनि, लोक पप गायक बिबी मल्ल ठकुरी, मंचका संरक्षक कुमार झापाली लगाएतले शुभकामना मन्तब्य दिएका थिए । भने मन्तव्यमा मंचका संस्थापक संरक्षक:सुजन केसी, बरिष्ठ संरक्षक: टिकाराम आचार्य, नेपाल कुवेत साँस्कृतिक मंच बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रममा नेपाल कुवेत साँस्कृतिक मंचलाई योगदान गर्ने ५ सदस्यहरु उमा घिमिरे, कलाकार नेहा राइ, कलाकार अश्मी तामाङ, कलाकार कमल कुँवर, कलाकार सन्ध्या मगरलाई मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो भने कार्यक्रमलाई थप मनोरन्जन पार्नको लागि मंचका कलाकारहरु कृष्ण सुनार, नेहा राइ, बिमल श्रेष्ठ,अरु अन्या कलाकारहरुले पाँचौ अधिवेशन तथा नवौँ बार्षिकोत्सव लाई नृत्य गीतहरुको बेजोड प्रस्तुतीले कार्यक्रमलाई झनै रोमान्चक बनाएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष गोबिन्द बरालले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सबैलाई विशेष धन्यवाद दिएका थिए ।अन्त्यमा झल्किने नृत्य र गीतहरु प्रस्तुत गरि भरपुर मनोरंजनका साथ कार्यक्रम बेलुकी ५ बजे सम्पन्न भएको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन ले स्वागत गरिएको थिए।

संस्थापक, संरक्षक तथा सल्लाहकारहरु
संस्थापक संरक्षक:सुजन के. सि
बरिष्ठ संरक्षक:टिकाराम आचार्य
संरक्षक:माधब शर्मा
संरक्षक:कुमार झापाली
बरिष्ठ सल्लाहकार: हरिकृष्ण न्यौपाने
सल्लाहकारहरु:सु मित्रा पौडेल
” गीता गुरुङ
” सन्तोष सुनार
” माया न्यौपाने

कार्यसमिती सदस्यहरु

अध्यक्ष:गोबिन्द बराल
प्रथम उपाध्यक्ष: कृष्ण सुनार
महिला उपाध्यक्ष:नेहा राई
उपाध्यक्ष कुँवर
महासचिव:रोशन राई
सचिव:अरुण थापा क्षेत्रि
कोषाध्यक्ष:बिमल श्रेष्ठ
सह-कोषाध्यक्ष:सन्ध्या मगर
संयोजक: उमा घिमिरे
फोटो पत्रकार:प्रसाद तिमील्सिना

सदस्यहरु:
भुमा रसाईली
शान्ता भण्डारी
मिरा पौडेल
जीवन सुनार
अश्मी तामाङ
दिलिप कुमार शाह
राज श्याङ्बो
पुनम ठकुरी
सुजल कार्की
बसन्त परीयार
राधा भट्टराई
साबित्रा गैरे
श्याम बि सि
बिमल तामाङ
राजु थापा मगर
नबिन लिम्बु
प्रकाश गुरुङ
सुन्दर परीयार
लमु गोले

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...