News Portal

सुचित्रा श्रेष्ठले दर्ता गरिन चलचित्र बिकाश बोर्डको अध्यक्षको उम्मेदवारी

हिमाली संचार संवाददाता
४०१ पटक

काठमाडौँ १७, फागुन : नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र बिकाश बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’को निर्देशन र लेखन गरिन् । योङ एसिया टेलिभिजनले बनाएको एक वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छन् ।

आफु संग भएको दक्षता तथा अनुभबलाइ लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जिबन समर्पित गर्ने सोच लिएकी निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले यदि सरकारले निश्पक्ष रुपमा नियुक्त गरेमा आफु चलचित्र बिकाश बोर्ड सम्हाल्न तयार रहेको बताउछिन। पार्टिगत तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले निर्णय गरेमा आफु अध्यक्ष बन्ने पक्का रहेको समेत उनि जानकारी गराउछिन।

चलचित्र क्षेत्रमा भएको बिकृतिलाइ चिर्दै बिकाश बोर्डलाइ सुद्दिकरण गर्न आफु सक्षम रहेको समेत उनको दाबि छ। निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...