News Portal

  • गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीको ४० लाख सहयोग

    हिमाली संचार संवाददाता
    ३७१ पटक

    मार्च १, २०१९ : अपाङताको क्षेत्रमा काम गर्दै आएको गुल्मीको आशा अपाङग केन्द्रलाई प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । बिभिन्न चरणमा गरेर गुल्मी जिल्ला समाज यूके र नौमती बाजा समूह यूकेले करिब ४० लाख आर्थिक सहयोग गरेको आशा अपाङ्ग केन्द्र गुल्मीका कोषाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

    पछिल्लो पटक बिहीबार एक कार्यक्रमका साथ आशालाई गुल्मी जिल्ला समाज यूकेले ४ लाख रुपैयाँ सहयोग गरेको छ । आशाको कार्यालयमै कार्यक्रम गरी समाजका प्रतिनिधिहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

    गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामी, सल्लाहाकार मोती भण्डारी, कोषाध्यक्ष तारानाथ भण्डारी, कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले आशाका अध्यक्ष जनार्दन घिमिरेलाई प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको रोहबरमा चार लाख रुपैयाँको चेक हस्तातरण गरेका हुन् ।

    अपाङगको क्षेत्रमा खर्चिने गरी लण्डनमा रहेका गुल्मेलीहरुबाट बिभिन्न कार्यक्रमहरु गरेर संकलित रकम आशालाई प्रदान गरिएको हो । सहयोग रकम हस्तातरण कार्यक्रममा बोल्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बिदेशमा रहेर सामाजिक क्षेत्रमा बिभिन्न खाले पीडाहरुमा परेका ब्यक्तिहरुको सहयोगार्थ भएको सहयोगले प्रवासीले नेपालीले धेरै ठूलो मद्दत पुर्‍याएको बताए ।

    उनले मान्छे कुनै पनि बेला अपांग बन्न सक्ने हुँदा प्रवासमा बसेर पनि जन्मभूमि प्रतिको दायित्वलाई महसुस गरेर गरेको सहयोग अत्यन्तै प्रशंसनीय काम रहेको बताए । समाजले असाय अशक्तहरु गरेको सहयोगले समाज अरु ब्यक्तिहरुलाई पनि सहयोग गर्नुपर्छ भन्ने भावना बढाएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    आर्थिक रकम हस्तातरण गर्दै समाजका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष राम गलामीले गुल्मीमा जिल्लामा आशा अपांग केन्द्रले अपाङगताको क्षेत्रमा गर्दै आएको योगदानले समाजले लामो समयदेखि निरन्तर सहयोग गर्दै आएको बताए । उनले जिल्लामा हुने कुनैपनि दैबिक प्रपोक, असाय अशसक्तहरुलाई सहयोग गर्ने उदेश्यले लण्डनमा रहेका गुल्मेलीहरुले सन २००७ मा संस्था स्थापना गरेर सहयोग गर्दै आएको बताए ।

    लण्डनमा रहेका गुल्मीका नेपालीहरुले जिल्लामा कुनै पनि ब्यक्तिलाई परेको दुःख, कष्टलाई सानो सहयोगले मलम लगाउने उदेश्यले सहयोग गर्दै आएको बताए । उनले गुल्मी जिल्लामा हालसम्म आशा अपाङ्ग केन्द्रसहित चारवटा एम्बुलेन्स सहयोग गरिसकेको बताए । समाजले तम्घास, धुर्कोट, फोक्सीङ्ग र खैरेनीमा एक्बुलेन्स सहयोग गरेर सञ्चालनमा छन् । समाजको तर्फबाट जिल्लामा आगोलागी, भूकम्प, बाढी पहिरो, बिभिन्न रोगबाट ग्रसित असाय अससक्तहरुलाई पनि सहयोग गर्दै आएको समाजले जनाएको छ ।

    रकम हस्तातरण कार्यक्रममा आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले गुल्मी जिल्ला यूके समाजले आशा अपाङ्ग केन्द्रलाई सन २०११ देखि निरन्तर सहयोग गर्दै आएको प्रति धन्यवाद दिएकी थिइन् । उनले समाजले आशा अपाङ्गता केन्द्रलाई निरन्तरको सहयोले जिल्लामा ७ हजार बढी अपाङगतालाई बिभिन्न उपचार र सहयोग गर्न पाएको बताइन् । उनले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र सोंचमा केहि परिवर्तन आएपनि अपाङ्गता मैत्री वातावरण भने हुन नसकेको बताइन् ।

    गुल्मी जिल्लामा स्थापना भएको आशा अपांग केन्द्रले निजि क्षेत्रको सहयोगमा राज्यले गर्नुपर्ने काम निजी क्षेत्रबाट भएकाले यस्तो सहयोग राज्यबाट हुनुपर्नेमा उपाध्यक्ष रायमाझीले जोड दिइन् । कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेका कार्यकारी सदस्य तारा भट्टराई, सदस्य बाबुराम भण्डारीले व्यक्तिगत तर्फबाट थप २५ हजार सहयोग गरेका थिए । आशाले जिल्लामा विगत १० वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपाङगताको क्षेत्रमा काम गर्दै आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...

    महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

    कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै...

    राजपुर इँटाभट्टा बम बिष्फोटको साक्षी गौरीशंकरको आँसु– “घरको ढोकामा बम पड्कियो, होस खुल्दा भारतको अस्पतालमा थिएँ”

    काठमाडौं, असार २२ – रौतहटको चर्चित इँटाभट्टा बम बिष्फोट प्रकरण फेरि चर्किएको छ। कांग्रेस नेता...

    काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

    काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं...