News Portal

अब बबरमहलबाट वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सेवा

हिमाली संचार संवाददाता
३७० पटक

काठमाडौं १६, फागुन : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आफ्ना अब सबै सेवा बबरमहलबाट दिने भएको छ । बानेश्वरस्थित सचिवालयबाट दिँइदै आएको सेवा पनि अब बबरमहलरस्थित नेपाल औषधी लिमिटेडको भवनबाट दिइने बोर्डले जनाएको छ । हाल कार्यालय सर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ ।

वैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन, व्यवस्थित, कामदारको हकहितको संरक्षण गर्न बोर्डले काम गर्दै आएको छ ।

बोर्डवाट हालसम्म मूख्यरुपमा मृतकका परिवारलाई आर्थिक सहायता, बिरामी एवं अंगभंग भएकालाई उपचार खर्च, बिदेशमा अलपत्र परेका शव ल्याउन सहयोग, रोजगारदाता मुलुकमा आन्तरिक विद्रोह, आर्थिकमन्दीका कारण अलपत्र परेका कामदारलाई उद्धार गर्ने, जनचेतनामुलक कार्यक्रमहरु संचालन, बिदेशमा सुरक्षित गृह संचालन गर्ने कार्य गर्दै आएको छ ।

नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजीका लागि अध्ययन गर्ने, वैदेशिक रोजगार प्रवर्द्धनको लागि सूचना संकलन, प्रशोधन र प्रकाशन गर्ने, वैदेशिक रोजगार कल्याणकारी कोषको परिचालन गर्ने, वैदेशिक रोजगारीमा गएका कामदारको हित संरक्षण लगायतका काम बोर्डबाट हुँदै आएको छ ।

बोर्डले गत पुस मसान्तसम्म आवेदन लिएर विदेशबाट फर्किएर स्वदेशमै केही गर्न चाहने सीप भएकालाई १० लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने काम समेत शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...