News Portal

अख्तियारमा पुग्यो विवेकशील साझा

हिमाली संचार संवाददाता
५०३ पटक

काठमाडौं : रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ। विवेकशील साझा पार्टीकी प्रदेश ३ कि संयोजक समीक्षा बास्कोटा नेतृत्वको टोलीले मंगलबार टंगालस्थित आयोगको कार्यालयमा पुगी अरबौंको भ्रष्टाचारमा मुछिएकाहरुलाई राजनीतिक प्रभावमा नपरी स्वतन्त्र र निष्पक्षले ढंगले अनुसन्धान गरी तत्काल कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा आर्थिक अनियमितता र पदीय दुरुपयोगको घटनाको अनुसन्धानलाई थप सशक्त र प्रभावकारी बनाउन पनि आयोगसँग माग गरिएको छ । भ्रष्टाचारमा मुछिएकाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन अयोगको ध्यानाकर्षण गराएको विवेकशील साझा पार्टी, काठमाडौं जिल्ला कार्य समितिका नेता चोकराज घिमिरेले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेका विवेकशील साझा पार्टीका नेता कार्यकर्ताहरुले ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारीको पोल खोलौं’, ‘भ्रष्टाचारी जेल परुन’ लगायतका प्लेकार्ड पनि प्रर्दशन गरेका थिए। विवेकशील साझा पार्टीले वाइडबडी जहाज खरिद प्रकरण, ३३ किलो सुन तस्करी, एनसेल प्रालिको लाभांश कर, नेपाल आयल निगमको जग्गा खरिद प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै कारबाहीको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...