News Portal

नेकपाका नेता शर्मा मन्त्री बन्ने हल्लाले तनावमा !

हिमाली संचार संवाददाता
५१७ पटक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्माले आफू मन्त्री बन्न लागेको भन्ने समाचारप्रति असन्तुष्टि जनाएका छन। हालै शर्मा गृहमन्त्री बन्न लागे भनेर संचार माध्यम र सामाजिक संजालमा चर्चा चलाइएको छ ।

नेता शर्माले आफू संघीयता कार्यान्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको तर, मन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन। आफूले कुनै पद खोज्दै नहिँडेको भन्दै समाचार आएकाप्रति असन्तुष्टि जनाउँदै  शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस।

जनताको अधिकारको पक्षमा संघर्ष गर्ने पुर्व गृहमन्त्री शर्मा 

http://himalisanchar.com/2019/02/10386

‘संघीयता कार्यन्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु’, शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु । नेता शर्मा यसअघि शान्ति तथा पुनर्निर्माण, उर्जा र गृहमन्त्री भइसकेका छन ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...