News Portal

नेकपाका नेता शर्मा मन्त्री बन्ने हल्लाले तनावमा !

हिमाली संचार संवाददाता
४६० पटक

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्माले आफू मन्त्री बन्न लागेको भन्ने समाचारप्रति असन्तुष्टि जनाएका छन। हालै शर्मा गृहमन्त्री बन्न लागे भनेर संचार माध्यम र सामाजिक संजालमा चर्चा चलाइएको छ ।

नेता शर्माले आफू संघीयता कार्यान्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको तर, मन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका हुन। आफूले कुनै पद खोज्दै नहिँडेको भन्दै समाचार आएकाप्रति असन्तुष्टि जनाउँदै  शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

यो पनि पढ्नुहोस।

जनताको अधिकारको पक्षमा संघर्ष गर्ने पुर्व गृहमन्त्री शर्मा 

http://himalisanchar.com/2019/02/10386

‘संघीयता कार्यन्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु’, शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु । नेता शर्मा यसअघि शान्ति तथा पुनर्निर्माण, उर्जा र गृहमन्त्री भइसकेका छन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...