News Portal

दैलेखमा युवा तथा बाल संजाल गठन

हिमाली संचार संवाददाता
४७७ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख ११, फागुन : दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडानं. ५ र ६ को वडा कार्यालयमा बाल सञ्जाल तथा युवा सञ्जाल गठन गरिएको छ । अष्ट्रेलियन एण्ड कारितास अष्ट्रेलिया, कारितास नेपाल र एकता फाउष्डेशन नेपालको आर्थिक सहयोग तथा भगवतिमाई गउँपालिकाको समन्वयमा समुदाय स्तरको सामाजिका बिकृति विसंगती विरुद्धको अभियान संचालन गर्न संजाल गठन गरिएको हो ।

सञ्जालले घरेलु हिंसा, बालबिवाह, बहुबिवाह, बाल अधिकार, विकास निर्माणमा पारदर्शीता तथा हरेक गतिबिधिमा समान समावेसीताका लिग बाल तथा युवा शसक्तिकरण बिषयका सवालमा छलफल र जनचेतना कायम गर्ने कार्य गर्नेछन् ।

दशवटा युवाक्लबका २५ जना क्लब प्रतिनिधि र दशवटा बालक्लबका २५ जना क्लब प्रतिनिधी बाट वडानं. ५ को अनुरुप शाहिको अध्यक्षतामा ११ सदस्य युवासञ्जाल र सरिता बिसीको अध्यक्षतामा ११ सदस्य बालसञ्जाल गठन गरिएको छ ।

युवा सञ्जालको उपाध्यक्षमा लक्ष्मी विक, सचिब केसव सोनाम, सहसचिव रमेश विक कोषाध्यक्ष मिना मगर रहनुभएको छ । यस्तै सदस्यहरुमा टिकाराम थापा मगर, सुक्मा विसी, नर्तम शाही, खगिसरा नेपाली, खडक विक र सन्दिप विसी रहनुभएको छ । त्यस्तै बालक्लबमा उपाध्यक्षमा वीमला विक, सचिब खगेन्द्र विक, सहसचिव निरन्जन शाही, कोषाध्यक्ष श्रृष्टि शाही रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा जमुना रावत, बिकास विक, समुन विक, दिपक विक, प्रकाश शाही र विकास थापा मगर रहनुभएको छ । त्यस्तै वडा नं.६ को युवाक्लबको अध्यक्षमा प्रतिक्षा शाही, उपाध्यक्षमा सीता नेपाली सचिबमा प्रेमबहादुर विसी सहसचिवमा अनिषा रोकाय, कोषाध्यक्ष विनोद पुनमगर तथा सदस्यहरुमा सिता विसी, सावित्रा रोकाय, शुनिता मगर, गँगा के सी बमबहादुर बिसी, कमला शाही रहनु भएको छ ।

त्यस्तै बालक्लबमा अध्यक्षमा क्षेत्र थापा उपाध्यक्षमा सरिता अधिकारी सचिबमा भुमिका रोकामगर सहसचिवमा अँगत विसी, कोषाध्यक्षमा जिवन रोका मगर तथा सदस्यहरु अविसरा विक, शान्ति खड्का, हिक्मत विक र अर्जुन केसी रहनुभएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...