News Portal

रञ्जनी एकेडेमीले मनायाे बार्षिक उत्सव

हिमाली संचार संवाददाता
४३४ पटक
रबिन्द्र बराल, मोरङ

फाल्गुन ११ शनिबार : “प्रतिभाशाली तथा संस्कारवान निर्माण हाम्रो भावी पुस्ता” भन्ने मुल नाराकाे साथ २०६५ सालमा स्थापना भएको मोरङको रञ्जनी एकेडेमी ईङलिस टिचिङ स्कुल (एस्टर)ले अाफ्नाे दशाै बार्षिक उत्सव मनाएको छ ।

विद्यालयकाे प्राङ्गणमा शनिबार एक कार्यक्रमकाे अायाेजना गरि अाफ्नाे बार्षिक उत्सव मनाएकाे हाे । कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, बिष्ट अतिथि उपमेयर केशब कुमारी खराल, उपाध्यक्ष भक्तराज सुब्बा र अभिभावक स्थानीयहरुकाे समेत उपस्थित रहेको थियोे ।

प्रमुख दिलिप बगडियाले निजी विद्यालयले समाजको समग्र विकासका लागि निजी क्षेत्रले धेरै नै योगदान खेलेको समेत बताए । सिटि कलेज बिराटनगरका प्रमुख सुरेश नौलखा, वडा नं ३ का वडाध्यक्ष घनश्याम पनेरू लगायतले विद्यालयको उन्नति प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुइँटेललाई कलाकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मानित गरिएको थियोे ।विद्यालयका स-साना बालबालिकाहरुले विभिन्न गितहरुमा नृत्य समेत गरेर अबिभावकहरुलाई मनाेरञ्न समेत गराएका थिए।

विद्यालयका प्रिन्सिपल गाेपाल भट्टराईकाे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको विद्यालयका शिक्षक रमेश चन्द्र अधिकारीले हिमालीसंचारलाई बताए ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...