News Portal

गाउँपालिका प्रमुख : जसले गाडी किन्ने रकमले जनतालाई किने एम्वुलेन्स

हिमाली संचार संवाददाता
५३६ पटक

प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेको छ।

मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री)ले यस्तो उदाहणीय कार्य गरेका हुन। गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, ‘उहाँले मान्नु भएन , विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।

मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको दुई वटा एम्वुलेन्सको मूल्य २१ लाख १४ हजार रहेको छ। एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा खुशी भएका छन। गाउँपालिका प्रमुख केसीले यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...