News Portal

पत्रकार नैनकला राई सहितको टीमले गर्‍यो अनाथ बालबालिकालाई सहयोग

हिमाली संचार संवाददाता
४०८ पटक

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत परदेशी खबरका प्रधान सम्पादक नैनकला राई लगायत साथिहरु माया साम्पाङ राई, बैजन्ति राई, बेलायत नागरिक अफिसर ट्रेसी डेम्पसटर र नेपाल बासिन्दा आफ्न्त जेसिका थुलुङ राईले स्युक्तरुपमा रक़म जम्मा गर्दै समाजसेवि एवं पत्रारकार राई आफ्नो छोटो छुट्टिको समयमा राजधानीको नयाँ बानेश्वोर संगम चोक स्थित नयाँ नेपाल समाज केन्द्रमा रहेका अनाथ बालबालिकाहरुलाई लगभग ४० हज़ार रकमको चामल, दाल, तेल, लुगा धुने पाउडर साबुन र चाउचाउ जस्ता अत्यावश्यक समाग्री खाध्यन्न राईकी ममतामयी आमा उमासरी राईको हातबाट प्रदान गरेका छन्।

राई यो भन्दा २ बर्ष पहिले पनि यहि संस्थामा ब्याक्तिगतरुपमा खाधन्न र लत्ताकपडा बितरण गरेका थिए। २०६४ मा स्थापना भएको नयाँ नेपाल समाज केन्द्रमा संचालक कृष्णराज गुरुंगका अनुसार सुरुवातमा ११ जना बालबालिका रहेको र अहिले ६० जना बालबालिकालाई केन्द्रमा राखेर नर्सरीदेखि कक्षा SEE सम्मको अध्यान गराइरहेको बताएका छन्।

संचालक गुरुङ् ओखलढुंगा रावाडोलु गाबिसमा कार्यरत रहेको शिक्षकको पेशालाइ बिट मारेर राजधानीको पशुपति क्षेत्रमा ब्यबसायिकको रुपमा क्याफेको संचालन गर्दै आएका गुरुङ्को मन व्यापार भन्दा पनि गरिब अनाथ बालबालिकाहरु कठ्यांग्रिने जाडोमा पनि थोत्रो मैलो फाटेको कपडा र खाली खुट्टामै आएर मागेर खाएको देख्दा उनको मनलाइ थाम्न सकेकन र यस्ता अनाथ बालबालिकाहरुको लागि केहि गर्नु पर्छ भन्ने भावना जागेर आयो l यस भावनालाई जिवान्त राख्दै अन्ततः क्याफे बिक्रि गरेर यस्ताखाले पुण्य कामका लागि श्रीमती लगाएत केहि सहयोगी साथीहरुको सहायतामा १३ जना बालबालिकाहरुलाई जम्मा गरि सुरु गरेको बताए।

जुन सुरुवाती अवस्थामा कानुनी रुपमा स्थापना गर्नु र तिनका पालन पोषण गर्नुका लागि ठुलै संघर्ष गर्दै विभिन्न खालका चुनौतीहरुलाई पार गर्दा घर दैलोमा पुगेर खाध्यन्न जुटाएको पनि स्मरण गरेका थिए।

केन्द्रमा रहेका बालबालिकालाई स्थानीयवासी लगाएत मनकारी सहयोगी दाताहरुको सहयोग र पठन पाठनको लागि केहि छुटका साथ विद्यालयबाट सहयोगबाट चल्दै आएको केन्द्रमा उहाँले गर्नु भएको त्यागको उदाहरणीय कामले समाजमा ठुलो परिवर्तन ल्याउनमा अतुलनीय भूमिका रहने छ भन्ने बुझाइका साथ यस्ताखाले सर्हानिय कामलाई केहि टेवा पुगोस र बालबालिकाहरुको उज्वल भविष्यको पनि कामनाका साथ केन्द्रमा रहेका बालबालिकाहरुलाई साथिहरुसंग मिलेर सहयोग गरेको बताएका छन्।

परदेशको भुमिमा पनि सकृय भइ लागि पर्नु भएकी राईले छोटों छुट्टिको समयलाइ सदुपयोग गर्दै यो बर्ष जस्तै हरेक पल्ट नेपाल छुट्टि आउदा यस्ता सहयोग गर्दे आउने क्रममा बिगत ३ बर्ष पहिले पनि काठमाणडौको मनमैजु स्थित एकीकृत समाजका अनाथ बालबालीकाहरुलाइ खाध्यन्नका साथ केहि स्पोर्ट टि-सर्ट बितरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...