News Portal

विद्यालयको नवनिर्मित भवन उद्घाटन

हिमाली संचार संवाददाता
३७२ पटक

कृष्णप्रसाद अधिकारी
दैलेख १०, फागुन : दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका वडा नं. ८ स्थित सरस्वती माध्यामिक विद्यालय तर्ताङ्गको नवनिर्मीत भवनको उद्घाटन गरिएको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालय (हालको शिक्षा विकास तथा समन्वय इकाईं दैलेखबाट आर्थीक बर्ष २०७४/०७५ मा ३६ लाखको अनुदानमा उक्त भवन निर्माण गरिएको हो ।

भवन निर्माण पश्चात पठनपाठनमा सहजता हुने विद्यालयका सहायक प्रधानाध्यापक लोकेन्द्र जिसी कुमारले बताउनुभयो । भवनको उद्घाटन कर्णाली प्रदेश सभाका सदस्य अमर बहादुर थापाले गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य अमरवहादुर थापाले सरस्वती माविले शिक्षा क्षेत्रमा छोटो समयमा उल्लेखनीय कार्य गरेको बताउनुभयो । दैलेख जिल्लाकै एकमात्र ३ वटा प्राविधिक कार्यक्रम सञ्चालन विद्यालय सरस्वती मावी रहेको उहाँको भनाई छ । उहाँले विद्यालयलाई नमुना बनाउन आफु लागी परेको धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयमा रहेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र प्राविधिक शिक्षातर्फ सहयोग गर्ने शिक्षक र सहयोगीहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक जिवराज तिमिल्सेनाले विद्यालयमा नयाँ सेवा सुविधा सिसि क्यामेरा जडान लगाएतका अन्य कार्य गरेको वताउँदै सहयोग गर्ने सम्पुर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

सोहि अबसरमाशिक्षा विकास तथा समन्वय ईकाई प्रमुख खगेन्द्रवहादुर मल्ल, जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष वालकृष्ण के.सी., श्रोतव्यक्ति हिमालयजंग शाह, नेकपाका नेता उपेन्द्र रावत (शुसिल) नेपाल शिक्षक संघ दैलेखका अध्यक्ष कृष्णवहादुर थापा लगाएतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपालवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सरस्वती मावि तर्ताङ्गको ४ कोठे भवन उद्घाटन संगै विद्यालयका शैक्षिक मेला सम्पन्न भएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...