News Portal

  • संबैधानिक निकायहरु नै भ्रष्टाचारको अखडा बन्यो : डा.भट्टराई

    हिमाली संचार संवाददाता
    ३८७ पटक

    कृष्णप्रसाद अधिकारी
    दैलेख १०, फागुन : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राज्यका महत्वपूर्ण संबैधानिक निकायहरु न्यायलय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारको अखडा बन्दै गएको बताउनुभएको छ ।

    असल राजनिति र समावेशी विकासका लागी जन संवाद यात्रामा निस्कनुभएका डा. भट्टराईले भ्रष्चारको अखडा बन्दै गएका निकायहरु प्रति निगरानी राख्नुपर्ने धारणा राख्नुभयो ।

    आज दैलेखमा नयाँ शक्ति नेपाल जिल्लाका कार्यसमिति दैलेखद्धारा आयोजिते शुसासन र सदाचार विषयक अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले ले भन्नुभयो ‘अब हामी सबैमा नयाँ पनको आवश्यक रहेको छ ।

    दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट पार्टीको सरकार हुँदा पनि देशमा चरम व्यापार घाटा बढेको र लगानी घटेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले देशको राजनीति, विकास र मुलुकको अर्थतन्त्र विकासका लागि आफु प्रधानमन्त्री हुदाँ गरेका प्रयासहरु जानकारीि गराउनुभएको छ ।

    द्धन्दकालमा बेपत्ता पारिएका तथा घाइते परिवारका लागि तपाइले के गर्नुभयो भन्ने दैलेखका नागरिकका जिज्ञासामा डा.भट्टराईले आफ्नो कार्यकालमा सहिद तथा बेपत्ता परिएका परिवारको राहतमुलक कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।

    वर्तमान सरकारको नारा समृद्धि भए पनि त्यो पूरा नहुने उहाँको दाबी छ । ‘वर्तमान सरकारले भने जस्तो देशको समृद्धि र विकासले काँचुली फेर्न ५० वर्ष लाग्छ,’ उहाँले भन्नुभयो ‘हामीले अवलम्वन गरेको यात्राबाट २० वर्षभित्र देश र नागरिकको जिवनशैली रुपान्तरण गर्न सकिन्छ ।

    बहुराष्ट्रिय र गौरवका ठूला योजनाहरु सञ्चालन गर्न अर्बौंका बजेट विनियोजन गर्ने र पार्टी निकटका ठेकेदारहरुलाई टेन्डर प्रक्रिया पुरा गरेजस्ता गरी गरी ठेक्का प्रदान गर्ने र त्यसैबाट कमिशन लिएर पार्टी चलाउने नेपालको संसदीय अभ्यासको चरित्र भएकोले भ्रष्टाचारको जालो यहिबाट सुरु भएको उहाँको तर्क छ ।

    आफु प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्ग कस्तो अव्स्थामा रहेको छ भन्ने आफ्नै आखाँले निहाल्नको लागि यो यात्रा गर्नु परेको उहाँको भनाई छ । ‘मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौँ भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ डा. भट्टराईले भन्नुभयो ‘सडकको पहुँच बढाएर उद्योग र व्यवसाय संचालन गर्न सके मुलुकको अर्थतन्त्र उकास्नु टेवा पुग्छ ।

    नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराई मध्य पाहाडी पुस्पलाल लोक मार्गको यात्रामा गत माघ १५ गते पाँचथर जिल्लाको चिवा भन्ज्याङ्गबाट असल साजनीति र समावेशि विकासका लागी जनसंवाद यात्रा गर्दै आउनुभएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...