News Portal

गुमेको नेपाली भूभाग फिर्ता गर्न बेलायती मन्त्रीलाई ज्ञापनपत्र

हिमाली संचार संवाददाता
४२९ पटक

काठमाडौँ : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। ग्रेटर नेपालले काठमाडौँस्थित बेलायती दूतावास मार्फत् नेपाल भ्रमणमा रहेका बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरलाई सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

मोर्चाका अध्यक्ष  फणीन्द्र नेपालले शु्क्रबार उक्त तीन बुँदे पत्र बेलायती दूतावासमार्फत् मन्त्री ल्याङकेष्टर बुझाएका हुन् । ज्ञापनपत्रमा बेलायतले चाहेमा नेपालले गुमाएर हाल भारतमा गाभिएको भूमि सजिलै फिर्ता सम्भव रहेको जिकिर गरेका छन् ।

‘सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन, खाली बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ ।

ग्रेटर नेपालले सैनिक कारबाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कारबाही गरेरै गोआमा कब्जा जमाएको भारतलाई नेपालको जमिन फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदिनुपर्ने माग गरेको छ ।

नेपाली जनताको मागमा समर्थन जनाएर हामीमाथि न्याय प्रदान गरी उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको घोषणा होस् भन्ने माग दोहोर्याउन चाहन्छौँ’, नेपालले भनेका छन् । ग्रेटर नेपालले सुगौली सन्धिका क्रममा गुमेको भूमि फिर्ता लिन नेपाल लालायि रहेको बताउँदै त्यो भूमिलाई भारतले उपनिवेशमा राखेको जनाएको छ।

‘कुनै बेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ?’, ग्रेटर नेपालले भनेको छ, ‘के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...