News Portal

  • गुमेको नेपाली भूभाग फिर्ता गर्न बेलायती मन्त्रीलाई ज्ञापनपत्र

    हिमाली संचार संवाददाता
    ३१२ पटक

    काठमाडौँ : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गराउन मागसहित नेपाल भ्रमणमा रहेका बेलायतका रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। ग्रेटर नेपालले काठमाडौँस्थित बेलायती दूतावास मार्फत् नेपाल भ्रमणमा रहेका बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरलाई सुगौली सन्धिका क्रममा गुमेको नेपाली भूभाग फिर्ता गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

    मोर्चाका अध्यक्ष  फणीन्द्र नेपालले शु्क्रबार उक्त तीन बुँदे पत्र बेलायती दूतावासमार्फत् मन्त्री ल्याङकेष्टर बुझाएका हुन् । ज्ञापनपत्रमा बेलायतले चाहेमा नेपालले गुमाएर हाल भारतमा गाभिएको भूमि सजिलै फिर्ता सम्भव रहेको जिकिर गरेका छन् ।

    ‘सुगौली सन्धिमा गुमाएको जमिन फिर्ता लिने कुरा कुनै जटिल समस्या होइन, खाली बेलायतले यो हाम्रो दायित्व हो भन्ने बुझिदिनुपर्छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा बेलायत सरकारले भारत सरकारलाई नेपालको जमिनमाथि भारतको कब्जा तत्काल अन्त्य गर्न दबाब दिनु बेलायतको नैतिक दायित्व हो भन्ने ठान्दछ ।

    ग्रेटर नेपालले सैनिक कारबाही गरेर फकल्यान्ड टापुमाथि बेलायती झन्डा फहराउने देशले सैनिक कारबाही गरेरै गोआमा कब्जा जमाएको भारतलाई नेपालको जमिन फिर्ता गर्ने बाध्यकारी वातावरण बनाइदिनुपर्ने माग गरेको छ ।

    नेपाली जनताको मागमा समर्थन जनाएर हामीमाथि न्याय प्रदान गरी उपनिवेशको अन्त्यमार्फत स्वतन्त्रताको घोषणा होस् भन्ने माग दोहोर्याउन चाहन्छौँ’, नेपालले भनेका छन् । ग्रेटर नेपालले सुगौली सन्धिका क्रममा गुमेको भूमि फिर्ता लिन नेपाल लालायि रहेको बताउँदै त्यो भूमिलाई भारतले उपनिवेशमा राखेको जनाएको छ।

    ‘कुनै बेला मेचीपूर्व टिस्टा नदीको नगरकट्टासम्म र महाकाली पश्चिम सतलज नदीसम्म बेलायतको उपनिवेशमा रहेको हाम्रो जमिन बेलायतले त्यो क्षेत्र छाडेपछि त्यतिबेलै स्वतन्त्र भयो कि भएन ?’, ग्रेटर नेपालले भनेको छ, ‘के बेलायतले त्यो नेपाली भूभाग भारतका हातमा छोडेर गएको हो ? के उपनिवेश हस्तान्तरण हुन्छ ?

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...

    धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

    जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र...