News Portal

  • मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला !

    हिमाली संचार संवाददाता
    ३९४ पटक

    केशवप्रसाद पाण्डे
    काठमाडौं : नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पुर्‍याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ ।

    प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने गरेको पनि पाइएको छ । केही दिन अघि भारतको मणिपुरबाट १ सय ७९ नेपालीको उद्दार गरिएसँगै यस्तो तथ्य खुलेको हो । प्रहरीले पहिलोपटक यति ठूलो संख्यामा तस्करीमा परेकाहरूको उद्धार गरिएको जनाएको छ ।

    तस्करले प्रयोग गर्ने पाँच रुटमा गाउँदेखि विभिन्न देशसम्म यस्तो गिरोह सक्रिय हुने गरेको देखिएको छ । तस्करको गिरोहले गाउँदेखि सहरसम्मका सर्वसाधारणलाई ठूलो मात्रामा कमाइ हुने भन्दै उक्साउने तथा फकाउने र उनीहरूलाई तयार पारी जिल्ला सदरमुकाम, राजधानी काठमाडौ लगायतका स्थानसम्म ल्याउने गरेका छन् । त्यसपछि अर्को गिरोहलाई जिम्मा लगााउने गरेका छन् ।

    प्रहरीका अनुसार दोस्रो गिरोहले विभिन्न रुटबाट भारतीय सीमा नाकासम्म पुर्‍याउने जिम्मा लिने गर्दछन् । सीमा नाकामा सक्रिय रहेको तेस्रो गिरोहले सेटिङ मिलाइ उनीहरूलाई विभिन्न नाका प्रयोग गर्दै सजगताका साथ सीमा पार गराउँछन् र भारतको मणिपुरसम्म पुर्‍याउने गर्दछन् ।

    मणिपुरमा रहेको चौथो गिरोहले त्यहाँँबाट म्यानमारसम्म पुर्‍याउने गर्दछ । म्यानमार पुगेपछि त्यहाँ रहेको पाँचौ नम्बरको गिरोहले कुबेत, लेबनान तथा इराक पुर्‍याउने गरेको खुल्न आएको छ ।

    पीडितबाट तस्करहरूले ४० हजारदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको पीडितको प्रारम्भिक बयानबाट खुल्न आएको छ । तस्करीमा पर्नेहरूमा २० देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।

    उद्धारपछि काठमाडौं ल्याई उनीहरूलाई विभिन्न स्थानका ६ सेल्टरमा राखिएको छ । पीडितहरूलाई बिहीबारबाट बयान लिन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरिएसँगै मणिपुर प्रहरीले तस्करीमा संलग्न १ महिला र ६ पुरुष गरी ७ जनालाई पक्राउ गरी मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ । नेपाल प्रहरीले समेत पीडितहरूको बयान र प्राप्त सूचनाका आधारमा नेपालमा सक्रिय गिरोहको खोजी भइरहेको जनाएको छ ।

    तस्करको यौन हिंसामा महिला !

    तस्करले विभिन्न स्थान हुँदै लैजाने क्रममा महिलामाथि यौन हिंसा गर्ने गरेको तथ्य खुलेको छ । उद्धार गरिएकामध्ये दुई जना महिला गर्भवती रहेको पाइएको छ । यससँगै कयौं महिलालाई तस्करले यौन दुव्र्यवहार गरेको हुन सक्ने आशंका गरिएको छ ।

    तस्करीमा पर्नेमा अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका महिला रहेका छन् । भारतबाट उद्धार गरी ल्याइएका पीडितलाई उपत्यकाका विभिन्न ६ स्थानमा राखिएको छ।

    महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सचिवालयका प्रमुख कृष्णप्रसाद भुसालका अनुसार उनीहरूमध्ये ९४ जनालाई माइती नेपाल, ३२ जनालाई प्रवासी नेपाली समन्वय समिति, १५ जनालाई अर्कास्ट नेपाल, १० जनालाई शक्ति समूह, २० जनालाई पैरवी नेपाल र ८ जनालाई साथी नेपालको सेल्टरमा आश्रय दिई राखिएको छ ।

    उनीहरूको बिहीबारबाट बयान लिन सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं एसएसपी उत्तम सुवेदीले जानकारी दिए । उनीहरूलाई सोधपुछ गरी अवस्था हेरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १० गतेको राशिफल

    आज असोज १०, २०८२ (सेप्टेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सरकारको कालोसूचीमा परे १२ निर्माण कम्पनी

    काठमाडौं, असोज ९ – सरकारले अनियमितता र कानुनी उल्लंघन गरेको ठहर गर्दै १२ वटा निर्माण...

    जेनजी आन्दोलनमा गोली चलाउनेबारे बालेनको प्रश्न, कार्कीले दिइन् आश्वासन

    काठमाडौँ, असोज ९ – काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर जेनजी आन्दोलनमा...

    नक्खु जेल प्रकरण : जेनजी आन्दोलनमा सदस्य संलग्नता छानबिन गर्ने रास्वपाको निर्णय

    काठमाडौं, असोज ९ – जेनजी आन्दोलनका क्रममा उठेका विवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छानबिनमा...

    आज २०८२ साल असोज ९ गतेको राशिफल

    आज असोज ९, २०८२ (सेप्टेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...