News Portal

मानव तस्करीमा पाँच रुट, तस्करको यौन हिंसामा महिला !

हिमाली संचार संवाददाता
४४६ पटक

केशवप्रसाद पाण्डे
काठमाडौं : नेपालबाट हुने मानव तस्करीमा पाँच तहमा तस्करको गिरोह सक्रिय रहेको देखिएको छ । सरकारले प्रतिबन्ध लगाएको कुबेत, लेबनान, इराक जस्ता मुलुकमा अवैध रूपमा नेपालीलाई पुर्‍याउने धन्दामा तस्करको सञ्जाल सक्रिय रहेको पाइएको छ ।

प्रतिबन्धित मुलुकमा लैजान मानव तस्करहरूले नयाँ रुट प्रयोग गर्ने गरेको पनि पाइएको छ । केही दिन अघि भारतको मणिपुरबाट १ सय ७९ नेपालीको उद्दार गरिएसँगै यस्तो तथ्य खुलेको हो । प्रहरीले पहिलोपटक यति ठूलो संख्यामा तस्करीमा परेकाहरूको उद्धार गरिएको जनाएको छ ।

तस्करले प्रयोग गर्ने पाँच रुटमा गाउँदेखि विभिन्न देशसम्म यस्तो गिरोह सक्रिय हुने गरेको देखिएको छ । तस्करको गिरोहले गाउँदेखि सहरसम्मका सर्वसाधारणलाई ठूलो मात्रामा कमाइ हुने भन्दै उक्साउने तथा फकाउने र उनीहरूलाई तयार पारी जिल्ला सदरमुकाम, राजधानी काठमाडौ लगायतका स्थानसम्म ल्याउने गरेका छन् । त्यसपछि अर्को गिरोहलाई जिम्मा लगााउने गरेका छन् ।

प्रहरीका अनुसार दोस्रो गिरोहले विभिन्न रुटबाट भारतीय सीमा नाकासम्म पुर्‍याउने जिम्मा लिने गर्दछन् । सीमा नाकामा सक्रिय रहेको तेस्रो गिरोहले सेटिङ मिलाइ उनीहरूलाई विभिन्न नाका प्रयोग गर्दै सजगताका साथ सीमा पार गराउँछन् र भारतको मणिपुरसम्म पुर्‍याउने गर्दछन् ।

मणिपुरमा रहेको चौथो गिरोहले त्यहाँँबाट म्यानमारसम्म पुर्‍याउने गर्दछ । म्यानमार पुगेपछि त्यहाँ रहेको पाँचौ नम्बरको गिरोहले कुबेत, लेबनान तथा इराक पुर्‍याउने गरेको खुल्न आएको छ ।

पीडितबाट तस्करहरूले ४० हजारदेखि ५ लाख रुपैयाँसम्म असुल गरेको पीडितको प्रारम्भिक बयानबाट खुल्न आएको छ । तस्करीमा पर्नेहरूमा २० देखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।

उद्धारपछि काठमाडौं ल्याई उनीहरूलाई विभिन्न स्थानका ६ सेल्टरमा राखिएको छ । पीडितहरूलाई बिहीबारबाट बयान लिन सुरु गरिएको प्रहरीले जनाएको छ । उनीहरूको उद्धार गरिएसँगै मणिपुर प्रहरीले तस्करीमा संलग्न १ महिला र ६ पुरुष गरी ७ जनालाई पक्राउ गरी मानव बेचबिखनविरुद्धको मुद्दा चलाएको छ । नेपाल प्रहरीले समेत पीडितहरूको बयान र प्राप्त सूचनाका आधारमा नेपालमा सक्रिय गिरोहको खोजी भइरहेको जनाएको छ ।

तस्करको यौन हिंसामा महिला !

तस्करले विभिन्न स्थान हुँदै लैजाने क्रममा महिलामाथि यौन हिंसा गर्ने गरेको तथ्य खुलेको छ । उद्धार गरिएकामध्ये दुई जना महिला गर्भवती रहेको पाइएको छ । यससँगै कयौं महिलालाई तस्करले यौन दुव्र्यवहार गरेको हुन सक्ने आशंका गरिएको छ ।

तस्करीमा पर्नेमा अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका महिला रहेका छन् । भारतबाट उद्धार गरी ल्याइएका पीडितलाई उपत्यकाका विभिन्न ६ स्थानमा राखिएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सचिवालयका प्रमुख कृष्णप्रसाद भुसालका अनुसार उनीहरूमध्ये ९४ जनालाई माइती नेपाल, ३२ जनालाई प्रवासी नेपाली समन्वय समिति, १५ जनालाई अर्कास्ट नेपाल, १० जनालाई शक्ति समूह, २० जनालाई पैरवी नेपाल र ८ जनालाई साथी नेपालको सेल्टरमा आश्रय दिई राखिएको छ ।

उनीहरूको बिहीबारबाट बयान लिन सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं एसएसपी उत्तम सुवेदीले जानकारी दिए । उनीहरूलाई सोधपुछ गरी अवस्था हेरेर परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...