News Portal

हिमपात नरोकिँदा हिमाली जिल्ला हुम्लाको जनजीवन अस्तव्यस्त, डोल्पालीहरू अलपत्र !

हिमाली संचार संवाददाता
४७३ पटक

तस्वीर : नाम्ग्याल गुरुङ

हुम्ला : हिमाली जिल्ला हुम्लामा बिहीबारदेखि फेरि हिमपात शुरू भएको छ । फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ। हुम्लामा १८ कात्तिकबाट हिमपात हुन शुरू भई पुस मध्यदेखि निरन्तर परीरहेको छ ।

हिमपातका कारण उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।

त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग सन्चो बिसन्चो सोध्नलाई समस्या बनाएको छ । नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा बाहेक अन्य टेलिफोन सेवाबाट प्राप्त गर्न सकिएको छैन ।

माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातले चिसो बढ्दै गएको छ ।

भारी हिमपातको चिसोले गर्दा नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी तुम्कोटमा सारिएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएपछि तीन घण्टा तल बेँसीतिर सारिएको हरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

चिसो बढेपछि जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ । हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो ।
जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटका विनिता महताराले बताइन् ।

डोल्पालीहरू अलपत्र !

हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन पनि कष्टकर बनेको छ । चार/पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन् ।

हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको स्थानीयले बताएका छन् । विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभाव देखिएको छ ।

हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन् । महीनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका–१ धो तरापका नाम्ग्याल गुरुङले बताए ।

उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन् । “अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैंचा कारखानाहरूमा बस्नु परेको छ ’’, उनले भने । – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...

आज २०८२ साल फागुन ६ गतेको राशिफल

आज फागुन ६, २०८२ ( फेब्रुअरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...