News Portal

  • कैलालीमा चोरेको बिजुलीमा प्रधानमन्त्रीको भाषण !

    हिमाली संचार संवाददाता
    ४३७ पटक

    कैलाली : देशैभरी विद्युत चोरीको समस्या बिकराल बन्दै गइरहेको छ । बिजुलीको तारमा हुक लगाएर विद्युत चोर्ने र राज्यलाई घाटा लगाउने विसंगतिविरुद्ध कुलमान घिसिङको नेतृत्वको विद्युत प्राधिकरणले अभियान चलाउँदै आएको धेरै भैसकेको छ । तथापि विद्युत चोरी रोकिन सकेको छैन । यहीबेला कैलाली भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चोरिएको बिजुलीबाटै समृद्धि र विकासको भाषण गरे ।

    प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा विकास र समृद्धिको कुरा नगर्ने कुरै भएन । प्रधानमन्त्रीले भ्रष्टाचार, अनियमिता र चुहावटको पनि विरोध नगर्ने कुरै भएन । भाषणमा सुशासनको कुरा कहिल्यै छुट्दैन । तर, विद्युत चोरीलाई सत्तारुढ नेकपाले नै हाकाहाकी प्रयोग गरेर प्रधानमन्त्रीको सुशासनको प्रतिवद्धतामाथि व्यंग्य गरेको स्पष्ट देखियो ।

    सुदुरपश्चिमको प्रदेश सभालाई सम्वोधन गरेपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना गरिएको नेकपाका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रममा सहभागी भए । ‘सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला’ को आयोजना नेकपाको प्रदेश कमिटीले गरेको थियो ।

    प्रधानमन्त्री ओली सहभागी रहेको सो कार्यक्रममा चोरीको बिजुली प्रयोग गरेर भाषणको प्रवन्ध गरिएको थियो । रंगशाला नजिकै आयोजना गरिएको कार्यक्रममा मिटरजडित घरबाट जिलुी ल्याउन सकिने वा जेनेरेटर प्रयोग गर्नुपर्नेमा सत्तारुढ नेकपाका कार्यकर्ताले विजुलीको मूल लाइनबाटै हुक लगाएर माइक जडान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले भाषण गरेका थिए ।

    विद्युत प्राधिकरण भन्छ– यो गैरकानूनी काम हो !

    नेपाल विद्युत प्राधिकरण विद्युत् चुहावट नियन्त्रण महाशाखाका प्रमुख टेकनाथ तिवारी कार्यक्रम र सभा समारोहमा बिजुली हुकिङ गर्नु गैरकानुनी भएको बताउँछन् । उनले यस्ता प्रयोजनमा बिजुली आवश्यक परे सम्बन्धित क्षेत्रको वितरण केन्द्रमा अनुमति लिनुपर्ने व्यवस्था रहेको जानकारी दिए ।

    ‘वितरण केन्द्रले अस्थायी मिटरको व्यवस्था गर्छ र त्यसमा उठेको बिल आयोजकले तिर्नुपर्छ,’ तिवारीले भने, ‘त्यसो नगरी हुकिङ गरिए, त्यो चोरी ठहररिन्छ । प्राधिकरणका अनुसार अनुमतिविना नै बिजुली हुकिङ गर्दा उपयोग भएको बिजुलीको विल र जरिवाना आयोजकले तिर्नुपर्ने हुन्छ । अन्यथा कार्यक्रममा उपयोग भएको सामान पनि जफत गर्न सकिने प्रावधान छ ।

    ‘यदि चोरी गरिएको बिजुलीको बिल तिर्छु भन्यो भने प्राधिकरणले उपयोगको अवस्था हेरेर बिल निर्धारण गर्न सक्छ,’ तिवारी भन्छन्, ‘यस्तो गैरकानुनी कामको जानकारी प्राप्त भयो भने प्राधिकरणले तुरुन्त कारवाही गर्छ ।

    बिजुली चोरीमा कडाइ !

    पछिल्लो समयमा नेपाल विद्युत प्राधिकरणले बिजुली चोरी नियन्त्रणमा निकै सफलता पाइरहेको छ । चालु आर्थिक वर्ष ०७५÷७६ को पहिलो पाँच महिनासम्म १० प्रतिशत विद्युत चुहावट घटेको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दाबी छ ।

    तर, प्राधिकरणलाई राजनीतिक आवरणमा हुकिङलाई पूर्ण रुपमा निरुत्साहित गर्न समस्या परेको छ । प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका मुलुकभर अभियान नै चलाएका छन् ।

    कुलमानले ०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो, त्यसपछि आर्थिक वर्ष ०७३÷७४ मा घटाएर २२.९ मा झर्‍यो । आर्थिक वर्ष ०७४/७५ मा २०.४५ मा रहेको चुहावटलाई घटाएर चालु आर्थिक वर्षको पाँच महिनासम्ममा १५.४५ प्रतिशतमा सीमित गर्न प्राधिकरण सफल भएको छ ।

    करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् । प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सर्फमर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...

    सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

    काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा...