News Portal

सल्यानका तत्कालीन एलडीओसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्वा

हिमाली संचार संवाददाता
४८२ पटक

काठमाडौं : सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद कोषबाट प्राप्त १० लाख रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ । मुद्दामा १० कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र एक सामान सप्लायर्सलाई विपक्षी बनाइएको छ ।

अख्तियारले तत्कालिन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमख जिल्ला इन्जिनियर जगदिश शर्मा, लेखा अधिकृत प्रकाश केसी, बागचौर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरणप्रसाद घिमिरे लगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

विद्युत लाइन विस्तारका लागि सभासद कोषबाट १० लाख र साविक शिवरथ गाविसबाट ५ लाख रुपैयाँ प्राप्त भएको थियो । तर उपभोक्ता समितिले पोल गाड्ने काम मात्र गरेको र अन्य काम नगरी हिनामिना गरेको र त्यसमा तत्कालिन जिल्ला विकास समितिका कर्मचारीको मिलेमतो भएको अख्तियारको दाबी छ ।

उपभोक्ता समितिका पदाधिकारीले १० एमएमका २३ थान र ८ एमएमका ४६ थान गरी ६९ थान विद्युत पोल प्रयोग गर्नुपर्नेमा ८ एमएमका ३० थान पोलमात्र प्रयोग गरेको, प्राविधिक कागजातमा विद्युत पोलको मूल्य बढाएर पेश गरेको, सिमेन्टलगायत खरिद नभएका सामाग्रीको झुटो बिल भरपाई बनाई पेश गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालिन जिल्ला विकास समिति सल्यानका नायब सुब्बा जीवराज केसी, इन्जिनियर कृष्ण पण्डित, सब इन्जिनियर प्रेमबहादुर बस्नेत, बागचौर नगरपालिकाका असिष्टेन्ट सब इन्जिनियर तोरणबहादुर विष्ट, तत्कालिन सव इन्जिनियर थमन योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्रप्रसाद वली, कोषाध्यक्ष त्रिपुरा वली, विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष थलबहादुर बस्नेत, सचिव शिवप्रसाद पुन र कोषाध्यक्ष पार्वती पुन विरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसँग ५ लाख १४ हजार १ सय ३५ रुपैयाँ विगो माग गरिएको छ ।

अख्तियारले शारदा ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर विनोद केसीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीसँग ४६ हजार ९ सय ९६ रुपैयाँ विगो माग गरिएको छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...