News Portal

  • सल्यानका तत्कालीन एलडीओसहित १८ जना विरुद्ध भ्रष्टाचार मुद्वा

    हिमाली संचार संवाददाता
    ४०४ पटक

    काठमाडौं : सल्यानमा सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा तत्कालीन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सल्यानको बागचौर नगरपालिका ५ बांगेलाकुरी बजारमा विद्युत लाइन विस्तारका लागि सांसद कोषबाट प्राप्त १० लाख रुपैयाँ हिनामिना भएको अख्तियारको ठहर छ । मुद्दामा १० कर्मचारी, उपभोक्ता समितिका पदाधिकारी र एक सामान सप्लायर्सलाई विपक्षी बनाइएको छ ।

    अख्तियारले तत्कालिन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमख जिल्ला इन्जिनियर जगदिश शर्मा, लेखा अधिकृत प्रकाश केसी, बागचौर नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत निर्मला मल्ल, लेखा अधिकृत तोरणप्रसाद घिमिरे लगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    विद्युत लाइन विस्तारका लागि सभासद कोषबाट १० लाख र साविक शिवरथ गाविसबाट ५ लाख रुपैयाँ प्राप्त भएको थियो । तर उपभोक्ता समितिले पोल गाड्ने काम मात्र गरेको र अन्य काम नगरी हिनामिना गरेको र त्यसमा तत्कालिन जिल्ला विकास समितिका कर्मचारीको मिलेमतो भएको अख्तियारको दाबी छ ।

    उपभोक्ता समितिका पदाधिकारीले १० एमएमका २३ थान र ८ एमएमका ४६ थान गरी ६९ थान विद्युत पोल प्रयोग गर्नुपर्नेमा ८ एमएमका ३० थान पोलमात्र प्रयोग गरेको, प्राविधिक कागजातमा विद्युत पोलको मूल्य बढाएर पेश गरेको, सिमेन्टलगायत खरिद नभएका सामाग्रीको झुटो बिल भरपाई बनाई पेश गरेको अख्तियारले जनाएको छ ।

    अख्तियारले तत्कालिन जिल्ला विकास समिति सल्यानका नायब सुब्बा जीवराज केसी, इन्जिनियर कृष्ण पण्डित, सब इन्जिनियर प्रेमबहादुर बस्नेत, बागचौर नगरपालिकाका असिष्टेन्ट सब इन्जिनियर तोरणबहादुर विष्ट, तत्कालिन सव इन्जिनियर थमन योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    त्यस्तै ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्रप्रसाद वली, कोषाध्यक्ष त्रिपुरा वली, विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष थलबहादुर बस्नेत, सचिव शिवप्रसाद पुन र कोषाध्यक्ष पार्वती पुन विरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसँग ५ लाख १४ हजार १ सय ३५ रुपैयाँ विगो माग गरिएको छ ।

    अख्तियारले शारदा ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपाइटर विनोद केसीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीसँग ४६ हजार ९ सय ९६ रुपैयाँ विगो माग गरिएको छ । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...