सन्जिब कोयी राई
मकाउ : खोटाङ जिल्ला केपीलासगढी गाउपालिका वडा नं. ७ सुङदेल कातिकेका प्रकाश राई विगत लामो समय देखी विरामी भई विराट नर्सिङ होम विराटनगर अस्पतालबाट सुगर रोग प्रमाणित भए पनी उपचारको लागी आर्थिक अभावको कारणले थप उपचारमा समस्या भएको थियो।
प्रकाश राईको आर्थिक अबस्था ज्यादै कमजोर रहेको हुनाले थपउपचार गराउन नसक्दा उनको स्वास्थ्य अबस्था अत्यन्त नाजुक हुदै गई रहेको कारणले सम्बन्धित वडा कार्यालयबाट समेत आर्थिक सहयोग स्वदेश तथा विदेशमा रहनु हुने नेपाली संधसंस्था तथा सहयोगी मनकारी ब्यक्तिहरुमा सहयोग गरिदिन हुन अनुरोध गरेको संबन्धित वडाध्यक्ष तेज कुमार राईद्वारा हस्ताक्षर उक्त अनुरोध सिफारिस पश्चात निज प्रकाश राई संगै बिधालयमा पढेका साथीहरुले प्रकाश राईको थप उपचारको लागि सहज बनाउने उदेश्यले “प्रकाश राई बचाउ अभियान सहयोग समिति” ११ सदस्य गठन गर्दै स्वदेश तथा विदेशमा रहेका संघसंस्था र मनकारी ब्याक्तित्व सामु सहयोग अनुरोध गर्नुका साथै समितिका अध्यक्ष जर्काश राईले सहयोग गर्न इच्छुक दाजु भाई, दिदि बहिनी तथा विभिन्न संघसंस्था समक्ष समितिलले बैक खाता नं. सार्वजनिक गर्दै आर्थिक सहयोग अनुरोध गरेको थियो।
समितिबाट सहयोग रकम संकलन सुरु गरेर करीब रु.५०,०००।- पचास हजार रुपिया प्रकाश राईलाई हस्तान्तरण समेत गरि सकेका छन्। उनको हाल मेडिकियर हस्पिटल चाहाबेलका निगरानीमा उपचार भई रहेको छ।
यो पंतिकारको अनुरोधमा मकाउबाट पनी सहयोग संकलन भएको छ। एमजिएम मकाउमा कार्यरत नेपालीहरु हरेक सामाजिक कार्यमा एक जुट हुदै विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको यो पहिलो पल्ट भने होईन। समस्यामा परेका विदेशीलाई समेत स्वच्छ मनले दिल खोलेर सहयोग गर्दै आएका धेरै उदाहरण छन।
आफ्नो आर्थिक स्तोरन्ति उकास्न, परिवारको खुशी किन्न बैदेशिक रोजगारीमा रहेका सुन्दर मनकाधनी नेपालीहरु मध्ये एमजिएम मकाउमा कार्यरत नेपालीहरुको यो समुह एउटा राम्रो उदाहरण पेश गर्दै आएका नेपालीहरुको समुह हो। समाजका दुख नजिकबाट महसूस गर्ने हरेक समुदाय ब्याबहार नजिकबाट बुझेका कारण बेलाबखत आन्तरिक छलफल अन्तरकृया गरेर सामाजिक सहयोगमा एक जुट हुदै आएका छन्।
त्यसैले त यो पंङतिकारले फेसबुकको वालमा आफ्ना साथीको पीडा र उनको लागि सहयोगको टोकरी राखेका एक हप्ता दिनमै लाखौ रुपिया सहयोग संकलनले भरिएको हो। यसरी एमजिएम मकाउका नेपालीहरुको एकता साथै सामाजिक सहयोग गरेर कहिले पनी थाकेनन्। उनीहरुका मनका भकारी कहिले रित्तो खाली भएन। जति दुख गरे पनी मन सधै फराकिलो बनाउदै आएका छन्।
त्यसै गरि किरात राई यायोक्खा मकाउका सुन्दर मनका धनी सहयोगी मानुभावहरुले समेत खुल्ला हृदयले विरामीको सुस्वाथ्याको कामना सहित यो पंतिकारको आग्रहमा मन खोलेरै साथ र सहयोग गर्नु भएको थियो। यसरी यो पंतिकारले आफ्नो फेसबुक वालमा लेखेको स्टाटसले धेरै सहकर्मी साथीहरुको मन छोएको कारणले इनबक्समा धेरै मनकारी मानुभावहरुले प्रतिबद्धता जानाउदै सहयोगका लागि सहभागिता जनाउनु हुदै सहयोग गर्नु भएको थियो।
माकाउमा संकलित रकम मकाउमै कार्यरत उमेश चाम्लिङ राई छोटो समय पारिवारिक भेटधाटमा नेपाल जानु भएका अबसरमा एमजिएम मकाउ र किराया मकाउबाट संकलित एकमुष्ट मकाउ डलर $.९,०००।- अर्थात नेरु. १२९,५००।- (एक लाख उनान्तिस हजार पाच सय मात्र) ‘प्रकाश राई सहयोग समिति’ र चर्चित हास्य कलाकार उमेश राई ( फु’लन्देको आमा) रोहबरमा मकाउमा संकलित सहयोग रकम प्रकाश राईलाई हस्तान्तरण गर्नु भएको छ। विशेष सहयोगी दाता, काठमाण्डू समिति, चर्चित हास्यकालार फु’लन्देको आमा / उमेश राई र मकाउबाट समन्वय गरिदिनु हुने उमेश चाम्लिङ राई सबैमा यो पंतिकार हार्दिक आभार ब्याक्त गर्दछ। प्रकाश राईको सुस्वाथ्याको कामना सहित थप मनकारी साथ र सहयोगी हातहरु एक जुट हुन सकोस ।