News Portal

आर्थिक अभावका कारण मृगौला पीडित सल्यानका ठेरोराम कामीको उपचारमा समस्या !

हिमाली संचार संवाददाता
६०४ पटक

सल्यान, ६ फागुन : पश्चिम सल्यानको बनगाड–कुपिण्डे नगरपालिका – १ नाम्राका ठेरोराम कामीका दुबै मृगौंला फेल भएपछि अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार गराईरहेका छन। कमजोर आर्थिक अवस्था भएका कामी साप्ताहिक दुईपटक मृगौलाको डायलोसिस गर्नुपर्ने भएपछि अहिले कोहलपुर पिपरीमा भाडामा श्रीमती सहित बस्दै आएको नेत्रलाल पोखरेलले जानकारी दिए।

सल्यानबाट ओहोरदोहोर गर्ने पैशा भन्दा यहाँ भाडामा बसेपछि कम पैशा खर्च हुन्छ भनेर बस्न थालेका छौं – उनले भने। तर कोठमा भाडा र खानपिनमा पनि धेरै खर्च भईरहेको छ । हप्तामा ५०० रुपियाको औषधी र तीन महिनामा ३ हजार २०० रुपियाको औषधी रगत जाँच गर्दा खर्च हुने बताए ।


(मृगौला पीडित बाबू ठेरोराम कामी र छोरा मनिराम बिक।)

घरमा कमाई गर्ने छोरा पनि विरामी भएपछि अहिले उपचारमा आर्थिक अभाव भएको कामीले बताए। उनले आफ्नो उपचारका लागि सहयोग गरिदिन मनकारी देश तथा बिदेशमा रहेका संघसंस्था, बुद्धिजीवी ब्यक्तित्वहरुलाई अनुरोध समेत गरेका छन् ।

१ बर्षदेखि उपचार गर्दै आएका कामीले हालसम्म उपचारमा लाखौं रुपिया खर्च गरिसकेको भन्दै थप उपचारका लागि सबैको सहयोगको आवश्यकता भएको बताए ।

घरबाट सक्दा सम्म उपचार गरे उनले भने – त्यसपछि आफन्त र इष्टमित्रबाट पनि सापटी लिएर उपचार गराए। उनले अहिले कतैबाट पनि उपाय नलागेपछि सबैसँग सहयोगको आग्रह गरिरहेका छन। साथै सहयोग गर्न चाहने ब्यक्तिहरुले हिमालीसंचार डटकमका सम्पादकमण्डलसंग पनि सम्पर्क गरि बिस्तृतमा जानकारी लिन सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...