News Portal

पशुपति शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकार भन्दै तरुणदलका महासचिव शाही गर्जिए

हिमाली संचार संवाददाता
५४१ पटक

काठमाडौं : सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर आफ्नो अधिनायकवाद चरित्र देखाएको भन्दै गर्जियका छन् ।

‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक साबित भएको छ’, फेसबुकमा स्टाटस लेखेर महासचिव शाहीले भनेका छन्, ‘साँच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ । लुट ओली लुट ।

उनले पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ चर्चित गीतलाई आफूले आफ्नै च्यानलबाट सार्बजनिक गरेको बताएका छन् । शाहीले ओलीलाई सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘ओली सरकारले सक्छ भने पशुपति शर्मको गीतलाई मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु । मलाई पक्राउ गरेर देखाउ ।

उनले कम्युनिस्ट सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको बताएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले गायक शर्मालाई गीत गाएको र निकालेकै भरमा दुःख दिने, थुन्ने लगायतका कार्य भयो भने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/DxHDqpdq8Cg

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...